कृषिमा सरकारी नीतिगत अस्पष्टताः विज्ञ «

कृषिमा सरकारी नीतिगत अस्पष्टताः विज्ञ

कृषि विकासको लागि सरकार नीतिगत रूपमा स्पष्ट नभएको विज्ञहरूले बताएका छन् । कृषि विकासका लागि लिइएका कतिपय नीतिहरू अब्यवहारिक र कतिपय नीति सरकारले लागू नै नगरेका कारण कृषि क्षेत्र सधै समस्याग्रस्त बनेको आरोप विज्ञहरूको छ ।
कृषि विकासको क्षेत्रमा सरकारले लिएका दीर्घकालीन कृषि विकास कार्यक्रम (एपीपी) लागू नै नभइ समय सकिएको र हालको कृषि विकास रणनीति (एडीएस) लगाएत अल्पकालीन दीर्घकालीन रूपमा कृषि विकासको क्षेत्रमा कसरी जाने भन्ने अन्यौलतामा सरकार रहको प्रा. डा. कैलाशनाथ प्याकु-यालको भनाइ छ । “दातृ निकायको प्रभावमा पारेर बनाइएको एडीएस लागू नै हुन सकेन, एडीएस लागू गर्ने नगर्नेमा अहिलेको सरकार ने स्पष्ट छैन,” नेपाल वैकल्पिक अध्ययन समाजले आयोजना गरको अन्तत्र्रिmयामा बोल्दै उनले भने, “एकातिर कृषि भन्ने नाम जोड्ने वित्तिकै कृषि बाहेकका निकायले सहयोग नै नगरेकाले सरकारी रणनीति सफल नभएका हुन्, अझै सफल हुने पनि देखिएको छैन ।” नेपाल कृषि अनुसन्धान परिषद् र कृषि विश्वविद्यालय लगाएतका अध्ययन अनुसन्धान गर्ने संस्थाहरूले आपसी समन्वयमा कृषिमा योगदान दिनुपर्ने उनको सुझाव छ ।
अर्थ विज्ञ केशव आचार्यले भूमिको असमान वितरण र दुरूपयोगका कारण नेपालको कृषि क्षेत्र समस्याग्रष्त बनिसकेको बताए । “जहा जहाँ बाटो जान्छ त्यहाँको भूमि सबै प्लटिङमा परिणत हुन्छ, अर्थतन्त्रको मुख्य साधनको रूपमा रहनु पर्ने भूमिबाट कृषिमा योगदान हुने अवस्था देखिँदैन,” उनले भने, “जतिबेला हामीले एपीपी लागू गरेर सरकारी अनुदान रोकेर दातृ निकायको भरमा छाड्यौं, त्यति नै बेलादेखि नेपालमा कृषिले गति लिन छाडिसकेको हो ।” उनले भारतले अनुदान उच्च बनाइरहँदा नेपालमा भने कृषि क्षेत्र अलमलमै रहेको र खुला बजारको नाममा बैध अबैध बाटोबाट भएको आयातले नेपालको अर्थतन्त्र नै समस्यामा परेको उनको विश्लेषण छ ।
कृषि विज्ञ डा. कृष्ण पौडेलले नेपालको कृषि क्षेत्र निकैै गम्भीर मोडमा रहेको टिप्पणी गरे । “कृषिका नीति सरकार र कृषि मन्त्रालयको सरोकारमै छैनन्, एउटा प्रधानमन्त्री परियोजनाको भरमा मात्र कृषिले फड्को मार्न सक्दैन,” उनले भने, “नेपालको कृषि सपार्नै एउटै उपाय प्रांगारिक कृषिमा जानु हो, ढिला नगरी सरकारले नीतिगत रूपममै प्रांगारिक कृषि प्रवद्र्धन गरेर कार्यक्रम तथा बजेट तय गरिहाल्नुपर्छ ।” उनने प्रांगारिक कृषिले उत्पादन पुर्याउन सकिदैन भन्ने कुरा भ्रम भएको र त्यसका पछि लागेमा नेपालको कृषि नै डुब्ने खतरा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्