Logo

६ जना प्रहरीको २० वर्षपछि बढुवा

नेपाल प्रहरीका ६ जना कर्मचारी सेवा प्रवेश गरेको २० वर्षपछि बढुवा भएका छन् । कर्मचारीको सरुवा÷बढुवा लगायत वृत्तिविकासमा प्रभावकारी कार्ययोजना नहुँदा २०५४ सालमा सेवा प्रवेश गरेका ६ जना कर्मचारी झण्डै २२ वर्षपछि पदोन्नती भएका हुन् ।
प्राविधिक प्रहरी नायव निरीक्षकबाट २०५२ सालमा सेवा प्रवेश गरेका रविन्द्रमान मल्ल र बिजयकुमार महासेठ तथा २०५४ साल प्रवेश गरेका राजमान सिंह, घनबहादुर थापा, कृष्णबहादुर शाह र प्रतापसिंह कठायतलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार प्राविधिक प्रहरी निरीक्षकको दज्र्यानी चिन्ह लगाएका हुन् ।
२०५४ सालमा सेवा प्रवेश गरेर भर्खरै पदोन्नती भएका थापाले २० वर्ष भन्दा बढी समय प्रहरी प्रधान कार्यालय समाचार कक्षमै बिताइसकेका छन् । प्राविधिक सेवातर्फ डीआइजीमा बढुपा भएका डीआइजी सुनिलकुमार श्रेष्ठ लगायत एसएसपी, एसपी, डीएसपी, निरीक्षक लगायत अन्य २५ अधिकृतहरुले पनि आइतबार नै दज्र्यानी चिन्ह पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्