काठमाडौं–तराई द्रुतमार्गबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले काठमाडौं–तराई दु्रतमार्गको बारेमा जानकारी गराएको छ ।
नेपाली सेनाको जंगी अड्डामा बुधबार प्रधानमन्त्रीलाई राष्ट्रिय महत्वको आयोजना काठमाडौं–तराई दु्रतमार्गबारे जानकारी गराएको हो । सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडौं–तराई दु्रतमार्ग आयोजनामा नेपाली सेनाले हालसम्म गरेको प्रगति विवरण सम्बन्धमा आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँणले प्रमलाई जानकारी गराएका थिए ।
सो अवसरमा सेनाले काठमाडौं–तराई दु्रतमार्ग आयोजनामा हालसम्म भएको कामप्रति प्रधानमन्त्री विश्वस्त भएकाले सरकारबाट निर्माणकार्य सहयोगको लागि कुनै पनि कसर बाँकी नरहने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको सेनाले जनाएको छ ।
उक्त कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र सेनाका रथीहरूको उपस्थिति रहेको सेनाले जनाएको छ ।