काबेली र माउन्ट मकालुको एकीकृत कारोबार

धनकुटामा प्रधान कार्यालय रहेको काबेली विकास बैंक र तेह्रथुमको जिल्लामा सञ्चालन भइरहेको माउन्ट मकालु डेभलपमेन्ट बैंकले आइतबारबाट एकीकृत कारोबार सुरु गरेका छन् ।
काबेली विकास बैंक र माउन्ट मकालु डेभलपमेन्ट बैंक मर्जर भई एकीकृत कारोबार सुरु गरेको कम्पनीको तदर्थ सञ्चालन समितिका संयोजक गोपालप्रसाद काफ्लेले बताए । हाल २१ करोड ४७ लाख ४० हजार चुक्तापुँजी रहेको बैंकले समायोजनपछि ५० करोड ३५ लाख ९३ हजार पु¥याएर ५ जिल्लामा कारोबार गर्ने बैंकका जनसम्पर्क प्रमुख मोहन ढुंगेलले जानकारी दिए । कुल पुँजीमा ३ करोड ४४ लाख बोनस सेयर र २४ करोड ८४ लाख ९३ हजार बराबरको हकप्रद सेयरको प्रस्ताव गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रवादे श्रेष्ठले जानकारी दिए । बैंकले आइतबारबाटै अत्याधुनिक पुमरी ४ सफट्बेयर समेत सञ्चालनमा ल्याएको छ । मर्ज भएपछि बैंकले १ प्रधान कार्यालयसहित ७ वटा शाखा कार्यलयबाट वित्तीय सेवा प्रदान गर्ने भएको छ ।