निर्यात बढाउने उद्योगलाई रेडकार्पेट ओछ्याएरै स्वागत «

निर्यात बढाउने उद्योगलाई रेडकार्पेट ओछ्याएरै स्वागत

निजी क्षेत्रप्रति सरकार उदार

सरकारले लगानी प्रवद्र्धनका लागि कानुनी र प्रशासनिक सुधार गर्ने भन्दै निर्यातजन्य उत्पादनमा विदेशी लगानीलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर सरकारले स्थायित्व, समृद्धि र विकासका लागि सरकार प्रतिबद्ध रहेको भन्दै निजी लगानी प्रवद्र्धन गर्नेखालका काम गरिरहेको दाबी गरेको हो । सरकारले निजी क्षेत्रको लगानीलाई निरुत्साहित नगरेको बरु भन्सार, अन्तःशुल्क, आयकरलगायतमा छुट दिएर प्रोत्साहन गरेको दाबी गरेको छ । सरकारले लगानी प्रवद्र्धनका लागि कानुनी र प्रशासनिक सुधार गर्ने भन्दै निर्यातजन्य उत्पादनमा विदेशी लगानीलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर सरकारले स्थायित्व, समृद्धि र विकासका लागि सरकार प्रतिबद्ध रहेको भन्दै निजी लगानी प्रवद्र्धन गर्नेखालका काम गरिरहेको दाबी गरेको हो । सरकारले निजी क्षेत्रको लगानीलाई निरुत्साहित नगरेको बरु भन्सार, अन्तःशुल्क, आयकरलगायतमा छुट दिएर प्रोत्साहन गरेको दाबी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राख्दै मंगलबार १३ खर्ब १५ अर्बको बजेट ल्याएका थिए । बजेटले करका दर र दायरामा हेरफेर गरेपछि निजी क्षेत्र सरकारप्रति सशंकित भएको छ । बजेटका प्राथमिकता र उद्देश्यबारे जानकारी दिन अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले स्वदेशी लगानी प्रवद्र्धनका लागि सरकार निजी क्षेत्रप्रति सरकार उदार भएको बताउँदै सरकारले कानुनी र प्रशासनिक सुधार गर्ने बताए । उनले निर्यातजन्य उत्पादनमा सरकारले विदेशी लगानीलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्ने पनि जानकारी दिए । स्वदेशी लगानीको प्रवद्र्धन, बाह्य लगानी आकर्षण सरकारको प्राथमिकतामा परेको भन्दै उनले सरकारले दिने निर्यात अनुदानमा समेत वृद्धि गरेको बताए । तर, कर नतिर्नेप्रति भने सरकार कठोर हुने उनले जनाए । “सरकारी स्वामित्वमा रहेका संस्थानहरूको पनि मोडालिटी तयार हुँदैछ । त्यसबाहेक ठूला आयोजनालाई पनि प्रतिस्पर्धी माध्यमबाट निजी लगानी आकर्षण गर्न खोजिएको छ,” अर्थमन्त्री खतिवडाले भने । उनले आफूले सस्तो लोकप्रियताका लागि नभई कार्यान्वयनलाई ध्यान दिएर यसअघिको भन्दा नयाँ प्रकारले बजेट निर्माण गरेको खतिवडाको दाबी छ । नेपाली जनताको मुहारमा खुशी छाउन सकोस् भनी रोजगारी सिर्जनालाई केन्द्रबिन्दुमा राखेर बजेट निर्माण गरेको भन्दै उनले यो बजेट वित्तीय संघीयता कार्यान्वयन गर्ने पहिलो खुट्किलो भएकोले यसको कार्यान्वयनका लागि योजना र तथ्यांक तयार हुँदै गरेको बताए ।प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत २ लाख रोजगारी सिर्जना हुने दाबी अर्थमन्त्री खतिवडाको छ । खतिवडाले जेष्ठ नागरिकहरूको भत्ता नबढाएको भनेर गरिएको आलोचनातर्फ लक्षित गर्दै भत्ताभन्दा बढ्ता महत्व दिएर बिमाको व्यवस्था गरिएको पनि स्पष्टीकरण दिए । पार्टीले निर्वाचनका बेला वृद्धभत्ता पाँच वर्षभित्र पाँच हजार पु¥याउने घोषणा गरेको भन्दै उनले आलोचना गर्नुभन्दा पहिले घोषणापत्र अध्ययन गर्न सुझावसमेत दिए ।महालेखा परीक्षकको प्रतिवेदनले समेत दुरुपयोग भएको भनेको र जनस्तरबाट समेत निर्वाचन क्षेत्र पूर्वाधारका नाममा बजेट नछुट्याउन खबरदारी भए पनि सांसदहरूको खबरदारीका कारण आफूले बजेट विनियोजन गरेको तर बजेट दुरुपयोग हुन नदिन सांसदहरूलाई योजना छनोट र अनुगमनमा मात्र संलग्न गराउने गरी कार्यविधि बनाउने आफ्नो योजना रहेको अर्थमन्त्रीले स्पष्ट पारे । 

यसरी हुन्छ ८ प्रतिशत आर्थिक वृद्धि
  सरकारले आगामी आर्थिक वर्षका लागि ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । तर, १३ खर्ब १५ अर्बको बजेट सीमाले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने भन्दै सत्तारुढ दल र विपक्षीले सरकारको चर्को आलोचना गरे पनि अर्थमन्त्री खतिवडाले आगामी वर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने आधारहरू रहेको दाबी गरेका छन् । प्रक्षेपित वृद्धिदर हासिल हुने दाबी गर्दै उनले आधा दर्जन आधार पेश गरे ।
» आगामी वर्षमा आर्थिक वृद्धिको मूल इन्जिन औद्योगिक क्षेत्र हुने
» आगामी आवमा औद्योगिक उत्पादन १२ प्रतिशत बढ्ने प्रक्षेपण
» देश लोडसेडिङमुक्त भएपछि औद्योगिक उत्पादन विस्तार हुँदै  जाने
» आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी र मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आउने 
» नयाँ ठूला सिमेन्ट र खानी उद्योग सञ्चालनमा आउने
» कृषि क्षेत्रको विस्तार साढे ४ प्रतिशत हुने

प्रतिक्रिया दिनुहोस्