Logo

रघु र मिर्छुलुङलाई होमस्टे गाउँ बनाइँदै

तनहुँको भिमाद नगरपालिकाले दुई वटा गाउँलाई उत्कृष्ट होमस्टेको रुपमा विकास गर्ने भएको छ । भिमाद नगर कार्यपालिकाको शनिबार भिमाद नपा–२ रघुमा बसेको २३ औं बैठकले रघु र भिमाद–५को मिर्छुलुङलाई प्रदेशकै उत्कृष्ट होमस्टेको रुपमा विकास गर्ने गरी नीति बनाउने निर्णय गरेको छ ।
बैठकले ‘मानवताको गाउँ रघु र मिर्छुलुङ होमस्टे जाउँ’ भन्ने नारा सहित रघु घोषणा समेत जारी गरेको छ । ग्रामीण क्षेत्रमा पर्यटनको प्रतिफल पु¥याउने, जनतालाई पर्यटन सेवामा सहभागी गराउने, ग्रामीण समुदायको आयश्रोत वृद्धि गरी जीवनस्तर वृद्धि गर्ने लगायतका उद्धेश्य राखेर घोषणापत्र जारी गरिएको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले बताए ।
घोषणापत्रमा स्थानीय स्तरमा स्वरोजगार विकासको माध्यमको रुपमा उपयोग गर्ने पर्यटकलाई ग्रामीण जनजीवन साथै संस्कृतिका बारेमा जानकारी दिन, आवास सुविधा मात्र नभई पर्यटकलाई रीतिरिवाज, कला, संस्कृति र रहनसहनको उत्कृष्ट अनुभव हासिल गर्ने मौका प्रदान गर्ने लक्ष्य लिइएको उल्लेख गरिएको छ ।
ती दुई गाउँलाई धार्मिक, ऐतिहासिक, सांस्कृतिक, भाषिक सम्पदाको संरक्षण र सम्बद्र्धनमा समुदायको अपनत्व कायम गर्दै पहिचान र विशेषतायुक्त सांस्कृतिक ग्राम र नमुना होमस्टेको स्थापना, सञ्चालन र प्रबद्र्धनमा प्रोत्साहन गर्ने नीति लिइएको घोषणापत्रमा समावेश गरिएको छ । ती दुई गाउँलाई प्रदेशकै उत्कृष्ट होमस्टे कायम गराउन १९ वटा नीतिहरू कार्यान्वयन गरिने नगर प्रमुख थापाले बताए ।
जसअनुसार वायोग्यास÷सुधारिएको चुलो प्रबद्र्धन गर्ने नीति कार्यान्वयन गर्ने, अर्गानिक तरकारी र फलफुल खेतीलाई प्रोत्साहन गरि होमस्टेका लागि आवश्यक तरकारीजन्य उत्पादनमा आत्मनिर्भर बनाउन कृषि विशेषज्ञको व्यवस्था गर्ने, पशु खोप कार्यक्रम, पशुगोठ व्यवस्थापन, पशु आहार जस्ता कायृक्रम कार्यान्वयन गर्ने घोषणापत्रमा समावेश छ ।
सुरक्षा, सुलभ शौचालय, स्वच्छ पिउने पानी र यातायातको व्यवस्था गर्ने, पर्यटनको सम्भाव्यता थप अध्ययन गरी होमस्टे क्षेत्रमा पार्क तथा ग्रिनवेल्ट निर्माण र विस्तार गर्ने, होमस्टेको आसपासको उपयुक्त स्थानमा भ्युटावर निर्माण गर्ने, होमस्टे सौन्दर्यका लागि ‘एक घर चार फूलको विरुवा–एक हरियाली आँगन कार्यक्रम’ सञ्चालन गर्ने लगायत घोषणापत्रमा समावेश गरिएको छ ।
पूर्ण सरसफाई गाउँ बनाइने
साथै ती दुई गाउँलाई आनीबानी परिवर्तन सहितको पूर्ण सरसफाई गाउँ बनाइने भएको छ । त्यसको लागि प्रत्येक घरमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन खाल्डो व्यवस्था गरिनेछ । साथै जुठेल्नोको पानी व्यवस्थापन, धारा टुटी सहितको वाल्टिन व्यवस्थापन, सफा र वाटर सिल्ड प्यान सहितको साबुन पानी व्यवस्था भएको पक्की शौचालयको व्यवस्था र सफा र धुँवारहित भान्साको व्यवस्था गरिनेछ ।
मानवीय मूल्य र मान्यतालाई आत्मसाथ गरी सभ्यता र संस्कृतिको प्रबद्र्धन गर्दै, सरल जीवनशैली र पद्धतिको धरातलमा ‘मानवताको गाउँ रघु–मिर्छुलुङ होमस्टे जाउँ’ लक्ष्यका साथ सम्पन्न भएका सामाजिक परिवर्तनका अभियानहरूलाई थप प्रबद्र्धन गर्दै अभियान सञ्चालन गरिनेछ ।
कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्