प्रमुख-उपप्रमुखलाई तालिम संखुवासभा

संखुवासभाको सदरमुकाम खाँदबारीमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा मानव अधिकारमैत्री सेवा प्रवाहसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र सञ्चारकर्मीको सहभागितामा मानव अधिकारमैत्री सेवा प्रवाह विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रमको पहिलो दिन बुधबार मानव अधिकार र न्यायको विषयमा उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटाले सहजीकरण गरेका थिए । अभिमुखिकरण तालिम फलदायी भएको सहभागीहरूले बताएका छन् । विशेषगरी स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा गठन हुने न्यायिक समितिलाई न्याय प्रवाहमा सहजता होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका निमित्त क्षेत्रीय निर्देशक मञ्जु खतिवडाले जानकारी दिइन् ।