प्रदेश ५ को लगानी सम्मेलन स्थगित «

प्रदेश ५ को लगानी सम्मेलन स्थगित

रुपन्देही– प्रदेश ५ सरकारले आगामी वर्ष बैशाख महिनाको ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरसको सक्रमणका कारण सम्मेलन हाललाई स्थगित गरिएको प्रदेश ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए । सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले लगानी सम्मेलन हाललाई स्थगित गर्ने र प्रदेशभित्र मेला महोत्सव लगायतका कार्यक्रममा हाललाई रोक लगाउने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयले मेला तथा भिडभाड नगर्ने निर्देशन दिएसँगै प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत् मेला महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि बन्द गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेकोे प्रवक्ता चौधरीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्