Logo

लुम्बिनीमा सात वर्षमा ७४५ किलोमिटर नयाँँ सडक

दाङ– लुम्बिनी प्रदेशमा सात वर्षको अवधीमा ७४५ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको छ । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८१/०८२ सम्ममा १ हजार ९०९ किलोमिटर सडक विस्तार भएको छ । त्यसैगरी सो समयमा १ हजार ६४५ किलोमिटर सडक ग्राभेल, १ हजार ३०६ किलोमिटर कालोपत्रे गरिएको छ ।

यसै अवधीमा ५ हजार ८७२ वटा कल्भर्ट कज वे, १०९.०४ किलोमिटर ढलान गरेर सडक निर्माण, १८० वटा सडक पुल र ६१ वटा झोलुङगे पुल निर्माण गरिएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेशका १२ जिल्लामा सडकको नयाँ ट्रयाक निर्माण, सडक विस्तार, ग्राभेल, कालोपत्रे, कल्भर्ट कज वे, सडक ढलान, सडक पुल, झोलुङग्रे पुल निर्माण भएको मन्त्रालयले जनाएको छ ।

ग्रामीण बस्तीलाई सडक सञ्जालले जोड्ने र भएका सडक विस्तार, स्तरोउन्नति गर्ने कार्यलाई प्राथमिकता दिएको मन्त्रालय स्रोतले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ११६ किलोमिटर नयाँ ट्रयाक निर्माण गरिएको थियो भने ५१५ किलोमिटर सडक विस्तार, २४८ किलोमिटर सडक ग्राभेल, २ सय किलोमिटर सकड कालोपत्रे गरिएको थियो । ४८४ वटा कल्भर्ट कज वे, २.१ किलोमिटर सडक ढलान, ५ वटा सडक पुल र ५ वटा झोलुङग्रे पुल निर्माण गरिएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा ९९ किलोमिटर नयाँ सडकको नयाँ ट्रयाक निर्माण गरिएको छ । २९९ किलोमिटर सडक विस्तार, २०५ किलोमिटर सडक ग्राभेल, १५३ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यस्तै ८९७ वटा सडक कल्भर्ट कज वे, १.८ किलोमिटर ढलान गरी सडक, १० वटा सडक पुल निर्माण गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ९९ किलोमिटर नयाँ सडको ट्रयाक खोलिएको थियो । त्यस क्रममा ३१६ किलोमिटर सडक विस्तार, २७० किलोमिटर सडक ग्राभेल, १९४ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । यस्तै ९६८ वटा कल्भर्ट कज वे, ७.९ किलोमिटर सडक ढलान, १७ वटा सडक पुल र ७ वटा झोलुङग्रे पुल निर्माण भएका थिए ।

आर्थिक वर्ष २०७८/०७९ मा १२१ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको थियो । यस्तै २७५ किलोमिटर सडक विस्तार, २६५ किलोमिटर सडक ग्राभेल २०२ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । त्यस क्रममा ९९६ वटा कल्र्भट कज वे, २०.२ किलोमिटर सडक ढलान, ४० वटा सडक पुल र ११ वटा झोलुङग्रे पुल निर्माण भएको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा ९१ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको थियो । त्यस क्रममा १८५ किलोमिटर सडक विस्तार, २७१ किलोमिटर सडक गाभ्रेल, २३१ किलोमिटर सडक कालोपत्रे गरिएको थियो भने १ हजार १०९ वटा कल्भर्ट कज वे, २३ किलोमिटर सडक ढलान, २९ वटा सडक पुल र ६ झोलुङग्रे पुल निर्माण गरिएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०८०/०८१ म ९४ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको थियो । सो आर्थिक वर्षमा १५५ किलोमिटर सकड विस्तार, २१० किलोमिटर सडक ग्राभेल, १५० किलोमिटर सडक कालोपत्रे गरिएको थियो । यस्तै ५७४ वटा कल्भर्ट कज वे, १८ किलोमिटर सडक ढलान, ३९ वटा सडक पुल र १७ वटा झोलुङग्रे पुल निर्माण भएका थिए ।

आर्थिक वर्ष २०८१/०८२ मा १२५ किलोमिटर नयाँ सडकको नयाँ ट्रयाक खोलिएको थियो । त्यस क्रममा १६४ किलोमिटर सडक विस्तार, १७६ किलोमिटर सडक ग्राभेल, १७६ किलोमिटर सडक कालोपत्रे गरिएको थियो भने ८४४ वटा कल्भर्ट कज वे, ३६.०४ किलोमिटर सडक ढलान, ४० वटा सडक पुल र १५ वटा झोलुङग्रे पुल निर्माण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्