चिसो र पानी पर्ने मौसममा हेरचाह

तपाईं न्यानो हुनुभएन भने व्यायाम गरेका बेला मांसपेशीहरूमा पर्याप्त अक्सिजन पुग्न पाउँदैन, जसले गर्दा मांसपेशी अड्किने सम्भावना अधिक हुन सक्छ । |
फागुन महिनामा आइरहेको मौसमी परिवर्तनले धेरै मानिसलाई बिरामी बनाइरहेको छ । बेला–बेलामा पानी पर्ने, हावा–हुरी चल्ने र चिसो बढ्ने क्रम पनि जारी नै छ ।
बिहान–बिहानै चाँडै उठेर बाहिरी कसरत गर्न वा मर्निङ वाक गर्नका लागि अहिले सहज वातावरण छैन । अहिलेको मौसमी परिवर्तनले आफ्नो व्यायाममा चाप दिन पनि सकिँदैन । यदि यी कुराहरू अपनाउनुहुन्छ भने पक्कै पनि मौसमी परिवर्तनको शारीरिक कठिनाई हटाउन सकिन्छ :
तरल पदार्थ बढी सेवन गर्नुहोस्
धेरैजस्तो व्यक्ति यो मौसम चिसो भएका कारणले पानी कम पिउने गर्छन् । गर्मी महिनामा जस्तो पसिना त निस्किँदैन, तर तीव्र गतिको श्वास–प्रश्वासको मध्यमबाट थोरै मात्रामा भए पनि तरल बाहिरिन्छ । त्यसकारण चिसोमा व्यायाम गर्दा श्वास–प्रश्वासको पानी नोक्सान हुने गर्छ । थर्मो–रेगुलेसन कायम राख्न र विशेष गरी नियमित कसरतका बेला तरल पदार्थको खपत कायम राख्नु महत्वपूर्ण छ ।
वार्म–अप
कुनै पनि तीव्र कन्डिसन, कसरत सुरु गर्नुअघि र विशेष गरी चिसो अवस्थामा वार्म अपले शरीर र मांसपेशीहरूलाई पूर्ण रूपमा न्यानो राख्न र पछिल्ला कार्यहरूका लागि तयार बनाउँछ । न्यानो कपडा लगाउनुहोस्, जसले शरीरमा गर्मीको सम्भावना कम नगरोस् । यदि तपाईं न्यानो हुनुभएन भने व्यायाम गरेका बेला मांसपेशीहरूमा पर्याप्त अक्सिजन पुग्न पाउँदैन, जसले गर्दा मांसपेशी अड्किने सम्भावना अधिक हुन सक्छ ।
सकेसम्म पानीबाट बच्नुहोस्
यदि थोरै मात्र अथवा पूरै पानीमा भिज्नुभएको छ भने तपाईंको भिजेको लुगा बदल्नुहोस्, चाहे तपाईंले व्यायाम गरेको बेला वा पानी परेको बेला होस् । यो गर्नु महत्वपूर्ण छ, किनकि भिजेको लुगाले कुनै न कुनै किसिमले इन्सुलेटिङ (तातो प्रदान गर्ने क्षमता) गुमाउँछ र तपाईंको शरीरले तीव्र गतिमा तातो गुमाउँछ । न्यानो कपडा परिवर्तन गर्नुहोस् वा आफूसँग न्यानो राख्ने अर्को कपडा बोक्नुहोस् र आफूलाई अझै न्यानो बनाउनुहोस् । तपाईं बाहिर जानुअघि वा वार्म–अप गरेपछि जहिले पनि आफ्नो शरीरलाई तन्काउनुहोस् । तपाईंको आन्तरिक मोटरलाई पूर्ण रूपमा सक्रिय गर्नका लागि यसो गर्नुहोस्, जुन चिसो वा वर्षाको मौसममा सामान्य रूपले बिग्रन्छ । यसले चोटपटक लाग्न र मांसपेशी अड्किने जस्ता कुराहरूबाट बच्न मद्दत गर्छ ।
चाहिनेभन्दा बढी व्यायाम नगर्नुहोस्
चिसो मौसमले मुटुमा ठूलो तनाव दिन्छ, किनकि कम तापमानले तपाईंको रक्तवाहिनी नलीहरूलाई संकुचित पार्छ । त्यसैले शरीरमा रगत प्रवाहले मुटुमा अक्सिजन आपूर्ति दरलाई कम पार्छ । यस्तो मौसमले हृदयमा थप तनाव दिन्छ, किनभने तपाईंको मुटुले संकुचित रक्तवाहिनीहरूको माध्यमबाट पर्याप्त अक्सिजनयुक्त रगत प्रसारित गर्न कडा पम्प गर्न संघर्ष गर्छ । अचानकको चापले तपाईंको रक्तचाप बढाउँछ, जसले हृदयाघात, छाती दुख्ने र स्ट्रोकको जोखिम बढाउँछ ।
चिसो मौसममा तपाईंको आन्तरिक तापक्रम ठीकसँग कायम राख्न र तपाईंको नियमित कार्यहरूलाई शीर्ष खण्डमा राख्न जहिले पनि सुनिश्चित गर्नुहोस् कि तपाईं माथिको सुरक्षा उपाय निरीक्षण गर्नुहोस् ।