नेपाल भ्रमण वर्ष–२०२० को उपलक्ष्यमा शुद्ध चाँदीको सोभिनियर

नेपाल भ्रमण वर्ष–२०२० लाई सघाउने उद्देश्यले कुबेर जेम्स एण्ड डाइमन्डस, ललितपुरले ९९९ शुद्धताको चाँदीमा नेपालका चिनारी तथा भ्रमण वर्षको लोगोसमेत अंकित चारवटा सिक्काका सोभिनियर सिरिज जारी गरेको छ ।
१०० ग्राम, ५० ग्राम, २० ग्रामर १० ग्रामका सो सिक्कामा भगवान बुद्ध, गैंडा, डाँफे र लालीगुराँसको चित्र अंकित गरिएको छ र सबै सिक्कामा अर्काे पट्टी नेपाल भ्रमण वर्षका लोगो अंकित गरिएको कम्पनीले जनाएको छ । सोभिनियर सिरिजका सो सिक्काको डिजाइन र गडाई नेपालमा नै गरिएको छ । नेपाली लोक्ता कागजका हातबाट बनेका बाक्सहरूमा सो सिक्का सजाइएका छ । साथै चिनारीहरूको जानकारी सहितको सानो विवरण पुस्तिका समेत सो बट्टामा राखिएको पनि कम्पनीले जनायो ।
नेपाली चिनारी लाई अन्तर्राष्ट्रीय स्तरको प्रस्तुतिमा पाहुनाहरूका लागि सोभिनियर हुने गरी जारी गरिएको छ । अधिकतम मूल्यसमेत अंकित सोभिनियरको मूल्य १ हजार ३ सय, २५ हजार, ६ हजार, १३ हजार रुपैयाँ तथा कोम्बो बोक्सको अधिकतम मूल्य २२ हजार रुपैयाँ तोकिएको छ ।