Logo

मूल्यवृद्धि नियन्त्रण गर्न माग

बिगत केही समय देखि दैनिक उपभोग्य वस्तुहरु विशेष गरी प्याज, लसुन तथा कुखुराको मासुको मूल्य अत्याधिक वृद्धि भइ रहेकोमा उपभोक्ताकर्मीले सरकारलाई गुहरेका छन् । माछा मासु तथा तरकारीमा अस्वभाविक रुपमा मूल्यवृद्धि गराउने व्यवसायी माथि कारवाही गर्न माग गरेको हुन् । बिगत केही समय देखि दैनिक उपभोग्य वस्तुहरु विशेष गरी प्याज, लसुन तथा कुखुराको मासुको मूल्य अत्याधिक वृद्धि भइ रहेकोमा उपभोक्ताकर्मीले सरकारलाई गुहरेका छन् ।
माछा मासु तथा तरकारीमा अस्वभाविक रुपमा मूल्यवृद्धि गराउने व्यवसायी माथि कारवाही गर्न माग गरेको हुन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति जारी गरेर विभिन्न अप्राकृतिक तथा अनुचित बहानाबाजी गरी बजारलाई कुण्ठित पारी अराजक ढंगले मूल्यवृद्धि गरी उपभोक्तालाई शोषण गर्ने, कानूनी राज्यको खिल्ली उडाउने काम गर्दै मुनाफाखोर व्यापार गर्ने कालाबजारी उपर उपभोक्ता संरक्षण ऐन, २०७५ तथा प्रचलित अन्य ऐन कानून अनुसार मूल्य तथा बजार अनुगमन गरी दोषी माथि कारवाही गर्न सरकारसँग माग गरेका छन् । भारतीय बजारमा प्याजको अभाव भएको र भारतले प्याज निकासीमा प्रतिबन्ध लगाउने संकेत पाउना साथै व्यापारीले मूल्य बढाउन सुरु गरेको मञ्चको आरोप छ ।
बजारमा अहिले कुनै समस्या नभएको र चीनबाट पर्याप्त प्याज आयात भएपनि कालोबजारी नियन्त्रण नभएको मञ्चको भनाइ छ ।भारतबाट अवैध रुपमा चल्ला र अण्डा ल्याउनुको साथै तयारी कुखुराको मासु आयात गर्दा नेपाली उद्योगहरु संंकटमा परेको भन्दै चिकेन होलीडेको नाममा एक महिना अगाडी ३० लाख चल्ला र ३ करोड अण्डा नष्ट गरेका उद्योगीहरुले मासुमा समेत कालो बजारी गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्