Logo

कञ्चनपुरमा छैटौं बिओपी स्थापना

महेन्द्रनगर-कञ्चनपुरको पुर्नवास नगरपालिका–९ स्थित सशस्त्र बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ । शनिवार एक कार्यक्रमबीच नेपाल–भारत सिमाना जोडिएको पूर्नवास नगरपालिकाको विचफाँटामा सशस्त्र प्रहरीको छैठौ बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको हो ।
शसस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख गोविन्द क्षेत्री र नेकपाका प्रमुख सचेतक तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङले बिओपीको उद्घाटन गरेका छन् ।
सिमानाकामा हुने आराधिक घटना न्युनिकरण हुने तथा सिमा सुरक्षाको लागी बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरीले बताएको छ । यसैगरी कञ्चनपुर जिल्लामा मात्रै नेपाल–भारत सिमा सँग जोडिएका १३ स्थानमा बिओपी राख्ने योजना रहेको गणले जनाएको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरबहादुर साहुका अनुसार भारत सँग सिमा जोडिएको क्षेत्रका १३ स्थान मध्ये ६ स्थानमा बिओपी स्थापना भैइसकेको र बाँकी रहेको ठाउँमा समेत स्थापना गर्ने योजना भएको उनले बताए ।
“जिल्लाको बेलडाँडी, पूर्ववास, ब्रह्मदेव, दोधारा, चादँनी,बैलौरी र पूर्नवासको आनन्द बजारमा बिओपी स्थापना भएको छ,” गणपति साहुले भने–“यस अघिका दिनमा सशस्त्र प्रहरीको उपस्थिती कम भएपनि बिओपी स्थापनाको क्रम बढ्दै गएपछि सीमामा सशस्त्र प्रहरीको निगरानी प्रत्यक्ष रुपमा बढी हुन्छ ।” उनका अनुसार विगतमा कम जनशक्तिले धेरै दुरी हेर्नुपर्ने वाध्यता समेत रहेको बताए । नेपाल–भारत सीमाक्षेत्रमा बिओपी स्थापनाले सिमाक्षेत्रको रक्षा तथा सिमाक्षेत्रमा हुने अपराधीक क्रियाकलापमा न्युनीकरण हुने अपेक्षा गरिएको छ ।
हाल करिब २० किलोमिटरको दुरीमा बिओपी रहेको भएपनि जिल्लामा १३ स्थानमा बिओपी स्थापना भए पश्चात ६÷७ किलोमिटरको दुरीमा बिओपी रहने सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरबहादुर साहुको भनाई छ ।

चन्द्रकान्त जोशी

प्रतिक्रिया दिनुहोस्