कोरोना भाइरसको असर प्रविधि कम्पनीमा पनि

चीनमा कोरोना भाइरसले १७० जनाको मृत्यु भइसकेको छ । विश्वभर यो भाइरसबाट संक्रमितहरूको संख्या ६ हजार जति पुगेको छ ।
विश्वभर यो भाइरसबाट सुरक्षित हुन ठोस उपाय र रोकथामको खोजी भइरहेको छ । यसबाट टेक कम्पनीको कारोबारमा पनि समस्या उत्पन्न भएको देखिएको विभिन्न कम्पनीहरूले यस विषयमा विभिन्न प्रकारको निर्णय लिएका छन् ।
कतिपय टेक कम्पनीले आफ्ना स्टोर बन्द गर्न सुरू गरेका छन् । फेसबुकले घरमै बसी काम गर्ने सुविधा दिएको र अनावश्यक चिनियाँ यात्रमा रोक लगाएको छ । यसैगरी चिनियाँ कम्पनीले २ फेब्रुअरीसम्म घरबाट काम गर्न सुविधा दिएको छ भने टेनसेन्टले ९ फेब्रुअरीसम्म विदाको घोषणा गरेको छ ।
एप्पलले चीनमा कतिपय स्टोर बन्द गरेको छ भने काम घन्टामा कटौती गरेको छ । कर्मचारीलाई चीन जान रोक लगाएको छ । टिकटकको स्वामित्वमा रहेको कम्पनी बाइटडान्सले कर्मचारीलाई १४ दिन घरमा बसेर काम गर्न भनेको छ ।
एलजीले सबै विभागका कर्मचारीलाई चीन जान रोक लगाएको छ । सामसङले कर्मचारीलाई हुबेइको यात्रा गर्न रोकेको र ७ दिनसम्म घरमा बसि काम गर्न भनेको छ ।