कोहलपुरका वडाध्यक्ष भारतमा मृत फेला «

कोहलपुरका वडाध्यक्ष भारतमा मृत फेला

नेपालगञ्ज– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का भारतको बहराइचमा मृत अवस्थामा फेला परेका छन् । वडा कार्यालय स्रोतका अनुसार मंगलबार बिहान ७ बजे सुर्खेतको मेहलकुना जाने भन्दै घरबाट निस्किएका खड्काको शव भारतको बहराइचस्थित शंकर होटेलमा भेटिएको जानकारी आएको होे ।
मंगलबार दिउँसो  देखी सम्पर्क बिहीन भएका वडाध्यक्ष खड्काको सश बहराईचमा फेला परेको खबर आए लगत्तै बाँकेबाट एक टोली घटनास्थल भारतको बहराईच गएको नेकपा बाँकेका नेता पदम धितालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले शव भेटिएको जानकारी आएको पुष्टी गर्दै घटनाको जानकारी आएपछि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्