Logo

डडेल्धुरामा नेपाल भ्रमण वर्ष शुभारम्भ

डडेल्धुरा-नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुधबार डडेल्धुरामा नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ गर्नु भएको छ । डडेल्धुरा सदरमुकामस्थित ऐतिहासिक अमरगढी किल्लामा व्यानरको अनावरण गर्दै नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ गरे ।
व्यानर अनावरणपश्चात् अमरगढी नगरपालिका डडेल्धुराले जिल्ला सदरमुकाम बागबजारमा आयोजना गरेको भ्रमण वर्ष नेपाल–२०२० को अन्तर्गत घुम्न जाऊँ अभिायनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भ्रमण वर्ष एक दिनका लागि मात्रै नभई सधैंका लागि बनाइनुपर्ने बताए ।
नेपाल भ्रमण वर्ष–२०२० कुनै अभियान मात्रै नभई यो एउटा समृद्धिको अभियान भएकाले सधैंभरि मनाउनुपर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो । यो हाम्रो प्रगति गर्ने सम्भावनाको विसाल ढोका भएकाले यो ढोकालाई सधैं खुल्ला खाख्नु पर्नेसमेत मन्त्री बाँस्कोटाले जिकिर गरे । हामी दुइटा ठूलो जनसंख्या भएको देश भएकाले ती देशबाट मात्रै पर्यटक भिœयाउन सके नेपालले पर्यटनको क्षेत्रमा विकासको फड्को मार्ने भएकाले हामीहरूले आफ्नो कला र मौलिकताको संरक्षण गर्नुपर्ने कुरामा जोड दिए । साथै मन्त्री बाँस्कोटाले सुदूरपश्चिम क्षेत्रमा कुसंस्कारका रूपमा रहेको छाउपडी प्रथालाई अब अन्त्य गर्नुपर्ने कुरामा जोड दिए ।
यसैगरी सोही कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिकपूर्वाधार विकासमन्त्री पठान सिंह बोहरा र संघीय सांसद दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि आफूहरू सधैं लागि पर्ने धारणा राखे । यसका लागि सुदूरपश्चिमवासीले पनि सहयोग गर्नुपर्ने धारणा राखेका थिए । छाउ गोठ राख्नेहरूलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्नेसम्मको कारबाही हुने पनि मन्त्री बाँस्कोटले चेतावनी दिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति झल्कने विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । छलिया, डेउडा, हुड्केली नृत्य देखाइएको थियो ।

 हरिशचन्द

प्रतिक्रिया दिनुहोस्