Logo

भ्रमण वर्ष प्रचार गर्न मोटरसाइकल यात्रा

पाँचथर-भ्रमण वर्ष २०२० लाई सफल बनाउँदै मध्यपहाडी जिल्लाको प्रचार गर्न पाँचथरका युवाले पाँचथरको चिवाभञ्जाङबाट बैतडीको झुलाघाटसम्म मोटरसाइकल यात्रा सुरु गरेका छन् ।
भ्रमण वर्ष २०२० को पहिलो दिन पाँचथरको चिवाभञ्जाङबाट यात्रा सुरु हुने यात्रा टोलीले बताएका छन् । मोटरसाइकलमा नेपालको भण्डा र भ्रमण वर्षको लोगी र प्रचार सामग्रीसहित यात्रा सुरु गएिको यात्रा टोलीले बताएका छन् ।
बुधबार फिदिममा पत्रकार सम्मेलनमार्फत यात्राको जानकारी गराइएको थियो । पाँचथरको चिवाभञ्जाङबाट बैतडीको झुलाघाटसम्म १ हजार ७७६ किलोमिटर दूरी छ । मध्यपहाडी लोकमार्गले मध्यपहाडका २४ वटा जिल्लालाई छुन्छ । ६ वटा मोटरसाइकलमा ११ जनाले यात्रा गर्ने नेपाल यात्रामा सहभागी हर्कबहादुर नेम्बाङले जानकारी दिए । मध्यपहाडी लोकमार्गको उद्गमस्थल पाँचथरको चिवाभञ्जाङबाट यात्रा सुरु भई बैतडीको झुलाघाटसम्म पुगेर यात्रा सम्पन्न हुने नेम्बाङले जानकारी दिए । यात्रा करिब एक महिनाको रहने यात्रा टोलीले जानकारी दिए । यात्रामा विभिन्न पेशामा आबद्ध युवाको सहभागिता रहेको छ । युवानेता, पत्रकार र विभिन्न पेशामा आबद्ध रहेका ११ जना युवाले मध्यपहाडी यात्रा सुरु गरेका हुन् ।
भ्रमण वर्षलाई सफल पार्न मध्यपहाडी जिल्लाको प्रचार गर्न पनि यात्रा गरिएको यात्रा टोली बताएको छ । यात्रामा प्रदेश नम्बर एक घुम्न आउन निम्तो समेत बाँड्नका लागि यात्रा गरिएको नेम्बाङले बताए ।
मध्यपहाडी लोकमार्ग निर्माण भएपछि मध्यपहाडी जिल्लामा ल्याएको सामाजिक, आर्थिक परिर्वत बुझ्न पनि यो यात्रा गरिएको यात्रामा सहभागी पत्रकार गिरिराज बास्कोटाले बताए । मध्यपहाडी जिल्लामा गुमनाममा रहेका पर्यटकीयस्थलको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्न पनि यो यात्राले सहयोग गर्ने बास्कोटाले बताए । सम्रगमा भ्रमण वर्षलाई सफल बनाउन यो यात्रा महत्वपूर्ण हुने अपेक्षा यात्रा टोलीले लिएको पत्रकार बास्कोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्