Logo

‘वनमा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गर्ने’

वन क्षेत्रमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई आश्वान गरिने सरकारले योजना बनाएको छ । गैरआवासी नेपाली संघ (एनआरएनए) को नवौं महादिवेशनको अवसरमा आयोजना गरिएको कार्यक्रकममा अर्थमन्त्री डा. युवराज खतिवडाले वन क्षेत्रमा निजी लगाउन बढाउन आह्वान गरिने बताएका हुन् ।
वन क्षेत्र पनि आर्थिक समृद्धिको आधार रहेकाले वनमा लगानी बढाउन आवश्यक रहेको उनको भनाई छ । “वनबाट मुलुकको आर्थिक समृद्धि सम्भव छ, वन जन्य उद्योगमा पनि अब लगानी बढाउनुपर्छ,” खतिवडाले भने, “निजी क्षेत्रलाई लगानी गर्नका लागि सरकारले आह्वान गर्ने छ, यदी प्राकृतिक स्रोतमा पनि लगानी बढाउन सकियो भने रोजगार बढाउन पनि सकिन्छ ।”
उनले उद्योग सञ्चालन गर्दा वातावरणीय क्षति हुन नदिइ वातावरणमैत्री उद्योग स्थापना गर्न आवश्यक रहेको बताए । वनको जग्गा प्राप्त गर्नका लागि सजिलो नीति बनेकाले अब उद्योग स्थापना गर्न सजिलो हुने उनले बताए । “पहिला वन क्षेत्रको जग्गा प्राप्त गर्न पनि निकै असहज छ, झन्झटिला प्रक्रियाहरु अपनाउनुपर्छ भन्ने थुप्रै गुनासाहरु आउँथे” उनले भने, “अहिले नीति खुकुलो भएको छ, वातावरणीय मुल्यांकन प्रक्रिया पनि सजिलो बन्दै गएको छ, अब उद्योग स्थापनाको क्रममा वन तथा वातावरणीय पक्ष बाधा हुँदैन ।”
मन्त्री खतिवडाले प्राकृतिक स्रोतको बाँडफाँड भएको विवाद समाधानका लागि छुट्टै ऐन बनिरहेको पनि जानकारी गराएका छन् । “अहिले छुट्टै ऐन बनिरहेको छ, ऐन बनेपछि प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी कसरी बाँडफाँड गर्ने भन्ने विषय कानूनी रुपमा प्रष्ट हुने छ ।”

प्रतिक्रिया दिनुहोस्