‘बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू’

काठमाडौं- सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ । न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज (साेमाबार) बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश गरेको हो । फैसलाको पूर्णपाठ पछि आउनेछ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए ।