Logo

सिनियर डेपुटी सीईओ न्यौपानेसहित ११ पक्राउ

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको छ । ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित ११ जनालाई आज पक्राउ गरिएको सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनका अनुसार नियन्त्रणमा लिएकालाई छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गरिने छ । सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोगमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सेन्चुरीका पूर्व सीईओ तुलसी गौतम पनि छन् । सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्