दुर्गा प्रसाईंका समर्थक पक्राउ

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् । बिहीबार बल्खु क्षेत्रमा आन्दोलन गरेका व्यवसायी प्रसाईं समूहले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए ।
तर, जिल्ला प्रशासन कार्यालयले भने तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति दिएको छैन । अहिले तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । त्यहाँ हिँड्डुल गर्ने सर्वसाधारणलाई समेत प्रहरीले निगरानी बढाएको छ । शंकास्पद व्यक्तिमाथि प्रहरीले निगरानी खानतलासी गरिरहेको छ ।