अर्थतन्त्र संकटग्रस्त छैन: मन्त्री रिजाल

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्त नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र संकटग्रस्त क्षेत्र भइ नसकेको स्पष्ट पारे ।
उनले मुलुकलाई समृद्धितिर लैजाने एकमात्र बाटो निजी क्षेत्र रहेको पनि बताए । उनले निजी क्षेत्रमा विश्वासको वातावरण बनाउनसके र लगानीमैत्री वातावरण बनाउनसके मुलुक समृद्धितिर जाने बताए । उनले निजी क्षेत्रबारेको पारम्परिक सोच हटाउन जरुरी रहेको बताए ।
उनले कृषिलाई उद्योगको हिसाबले नलगेसम्म मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन नसक्ने बताए । मन्त्री रिजालले आर्थिक समृद्धि भएन भने मुलुक र राजनीतिक व्यक्ति बन्न नसक्ने भन्दै सबैले सचेत भएर अघि बढ्न जरुरी रहेको बताए । उनले निजी क्षेत्र अघि बढ्न नसके मुलुक अघि बढ्न नसक्ने बताए ।