इमर्जिङ नेपालको सीईओमा उप्रेती

काठमाडौं– इमर्जिङ नेपाल लिमिटेडले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेतीलाई नियुक्त गरेको छ । कम्पनीले उप्रेतीलाई असोज १८ देखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो ।
उप्रेती यसअघि एनआईसी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए ।
पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित कम्पनीले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास लिएको कम्पनीले जनाएको छ ।