व्यवसायीको मनोबल बढाउन आग्रह «

व्यवसायीको मनोबल बढाउन आग्रह

काठमाडौं– उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलबीचको भेटवार्तामा व्ययवसायीले मनोबल बढाउने वातावरण ल्याउन आग्रह गरेका छन् ।

सोमबार भएको भेटका क्रममा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताए । उनले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै निजी क्षेत्र सम्मानित भएर आप्mनो काम गर्न सक्ने वातावरण आवश्यक रहेकोमा जोड दिए । अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रीय बैंक र सरकारको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो ।

उप प्रधानमन्त्री एवं गृहमन्त्रीको जिज्ञासामा अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिए । ‘हामीले निजी क्षेत्रको मर्यादाक्रमका लागि सरकारसमक्ष आग्रह गरिरहेका छौं,’ उनले भने, ‘अहिलेको अवस्थामा मनोबल बढाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ उप प्रधान एवं गृहमन्त्री श्रेष्ठले यस विषयमा काम भैरहेको र छिट्टै निर्णय गरिने बताए ।

यसैगरी अध्यक्ष ढकालले सीमाक्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताए । कैलालीको गौरीफन्टामा रहेको क्वारेन्टाइन पुनः सञ्चालनका लागि पनि अध्यक्ष ढकालले आग्रह गरे । महासंघका पदाधिकारी एवं प्रदेश अध्यक्षहरू सहभागि रहेको भेटवार्तामा गिटी वालुवालगायतका वस्तुहरुको आवश्यक वातावरणीयलगायतका प्रभाव अध्ययन गरी निकासी गर्न दिइनुपर्ने सुझाव पेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्