Logo

१७ सहकारीको दर्ता खारेज

धनकुटा– धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने धनकुटा नगरपालिका भित्रका १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउँनुपर्ने, ६ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनुपर्ने र यसको विवरण नगरपालिकामा बुझाउनुपर्ने प्रावधान छ ।

सो प्रावधान विपरीप चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । नौ वटा कृषि सहकारी, तीन बचत तथा ऋण सहकारी, तीन वटा उपभोक्ता सहकारी तथा एउट दुग्ध र विद्युत सहकारी खारेजीमा परेका धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए ।

अन्तिम पटक गत साउन ३० मा २१ वटा सहकारीलाई सम्पर्कमा आउँन १५ दिनको म्याद दिइएको थियो । समयसीमा भित्र चार वटा सहकारी सम्पर्कमा आएर साधारण सभा गर्ने प्रतिवद्धता जनाएको र बाँकी सम्पर्कमा नआएकाले उनीहरूको दर्ता खारेज गरिएको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्