एसिया प्रशान्त क्षेत्रमा ५६ औं उड्डयन महानिर्देशकको सम्मेलन आजदेखि

५६ औं डाइरेक्टर जनरल सिभिल एसोसिएसन एसिया प्रशान्त क्षेत्रमा (५६ औं डीजीसीए कन्फ्रेन्स) (आज) सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
‘क्षमताको सीमितता सम्बोधनका लागि साझा प्रयास’ भन्ने नारासहित भदौ २ देखि ६ गतेसम्म ५ दिन चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा ४६ राष्ट्रमध्ये ३४ राष्ट्रको सहभागिता रहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन(आईकाओ)ले हरेक वर्ष विभिन्न क्षेत्रमा आप्mनो क्षेत्रमा हवाई महानिर्देशकको सम्मेलन गर्दै आएको छ । नेपालमा हुँदै गरेको यो तेस्रो सम्मेलन हो । यसअघि १४ औं सम्मेलन सन् १९७८ र ३४ औं सम्मेलन १९९८ मा नेपालमा आयोजना गरिसकेको प्राधिकरणले जनाएको छ । आईकाओले एसिया प्रशान्त क्षेत्रमा हरेक वर्ष सम्मेलन गर्दै आएको छ । यस वर्ष नेपालले आयोजान गरेको हो । यसअघि ५५ औं फिजीमा आयोजना भएको थियो भने ५७ औं सम्मेलन बंगलादेशमा आयोजान हँुदैछ ।
सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा एभिएसन् सेफ्टी, एयर नेभिगेसन्, एयर सेक्युरेटी एन्ड फ्यासिलिटेसन्, इकोनमी डेभलपमेन्ट अफ एयर ट्रान्सपोर्ट, एभिएसन् इन्भारोमेन्ट, टेक्निक एण्ड क्षेत्रमा कोअपरेसन्, वेजिङ डेक्लेरेसन्, आईकाओ अपडेट, गरी १२ एजेन्डामा ५ दिन छलफल केन्द्रित हुनेछ ।
सम्मेलनमा करिब ४ सय विदेशी प्रतिनिधि, करिब १६ वटा एभिएसनसँग सम्बन्धित विदेशी संगठन, ३३ नेपाली संगठन सहभागिता रहने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उनले भने, “बैंककमा भएको सम्मेलनमा ३ सय ४६ जनाको सहभागिता थियो, काठमाडौंमा ४ सयको संंख्यामा सहभागिता रहने सम्मेलन हालसम्मकै ठूलो रहेको बताए ।”
सम्मेलनमा १२ एजेन्डामा ५४ कार्यपत्र, ४८ जानकारी पत्र प्रस्तुत हुँदैछ । जसमा नेपालले नागरिक उड्डयन, सुरक्षामा, बढ्दो चुनौतीलगायतमा ३ कार्यपत्र प्रस्तुत गरिँदै छ । एभिएसनमा गाँसिएका विषय वस्तुमा हरेक वर्ष छलफल गर्छ । अघिल्लो वर्ष भएका छलफलको कार्यान्वयनको अवस्थाको मूल्यांकन गर्छ, आईकाओबाट नीतिगत रूपमा हुने काममा सुझाव प्रदान गर्छ । यसका लागि विभिन्न राष्ट्र आ–आफ्नो एजेन्डामा छलफल गरिनेछ ।
सम्मेलनमा यस क्षेत्रमा भएका समस्या र सुझाएका समस्याहरुलाई उठान गरी आगामी अक्टोबरमा हुने बैंकको महासभामा हुने १ सय ९३ मुलुकमा सहभागी सम्मेलनमा छलफल गरिनेछ ।
सम्मेलनको सोमबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ भने २३ मे २०१९ मा आईकाओको झन्डा सगरमाथामा पु-याएको थियो । आईकाओ स्थापनाको ७५ औं स्थापाना वर्षगाँठ मनाएको अवसरमा झन्डा सगरमाथा पु-याइएको थियो । सो झन्डा आईकाओका अध्यक्षलाई समेत हस्तान्तरण गरिने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयनसँग सम्बन्धित संस्थाहरुको सम्मेलनमा सहभागिता रहनेछ । वर्षभरिका कार्यको मूल्यांकन गरी भावी दिनमा गर्नुपर्ने सुधार तथा नीतिगत व्यवस्थामा छलफल केन्द्रित हुनेछ ।