गैंडाको खागसहित २ सैनिक पक्राउ «

गैंडाको खागसहित २ सैनिक पक्राउ

नेपाली सेनाका दुई जवान संरक्षित वन्यजन्तु गैंडाको खाग सहित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सेनामा कार्यरत जवानहरु सिरानचोक गाउँपालिका २ गोरखाका ३३ वर्षीय हरिबहादुर ढकाल र ३८ वर्षीय डिलबहादुर ढकाल तथा त्रियुगा नगरपालिका–९ उदयपुरका २६ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका हरीबहादुर ढकाल र मगर नेपाली सेनाका कार्यरत जवान हुन् । व्यूरोले २ सैनिकलाई थप अनुसन्धानका लागि सैनिक प्रहरी गण भद्रकाली र डिलबहदुर ढकाललाई जिल्ला वन कार्यालय काठमाडौंको जिम्मा लगाएको छ । व्यूरोले गैंडा तस्करीमा संलग्न गिरोहसँग अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्