बजार अनुगमन गर्न जनशक्ति माग

चाडपर्व लक्षित बजार अनुगमन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनशक्ति माग गरेको छ । चाडपर्व लक्षित बजार अनुगमन गर्न विभागले जनशक्ति माग गरेको हो । चाडपर्वमा धेरै कारोबार हुने हुँदा व्यापारीले उपभोक्तालाई ठग्ने सम्भवना देखिएकाले प्रभावकारी बजार अनुगमनका लागि २५ जना जनशक्ति माग गरेको विभाग प्रवक्ता होमनाथ भट्टाईले जानकारी दिए ।
जनशक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको उनले बताए । उनले १० जना अधिकृत तहको र १० जना नायव सुब्बा र ५ अन्य सहयोगी माग गरेको उनले जानकारी दिए । बजारमा प्रभावकारी अनुगमनका लागि विभागसँग जनशक्ति र स्रोत साधन नभएको उनले गुनासो गरे ।
प्रवक्ता भट्टाईले, ‘विभागसँग बजार अनुगमनदेखि कार्यालयको काम गर्ने नौ जना मात्र कर्मचारी छन् । नौ जना कर्मचारीले काठमाडौं उपत्यकाको २ लाख भन्दा बढी पसल अनुगमन गर्न सक्दैनन् । बजार अनुगमनलाई प्रभावकारी बनाउन सबै स्थानीय तहले अनुगमन गर्नुपर्छ ।’ विभागसँग कार्यालय भित्रकै काम गर्ने कर्मचारी र स्रोत साधानको अभाव रहेको पनि प्रवक्ता भट्टराइले बताए ।
‘विभागले मात्र अनुगमन गरी बजार प्रभावकरी हुँदैन् । ठूला व्यापारिक मलदेखि साना खुद्रे चिया पसलहरुसम्म विभागको टोली अनुगमन पुग्न सम्भव छैन ।’ आम नागरिकको अनुभूति हुने गरी बजार अनुगमनलाई प्रभावकारी बनाउन सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा अनुगमन गर्नुपर्ने उनको भनाइ छ । सबै स्थानीय तहलाई बजार अनुगमनको अधिकार भएकाले सम्बन्धित क्षेत्रभित्र पालिकाबाटै बजार अनुगमन हुनु जरुरी भएको उनले बताए ।
चाडपर्वमा बजारमा धेरै क्रियाकलाप हुने हुँदा उपभोक्ता नठगिउन भन्ने उद्देश्यले १० जानको टोलीसम्म अनुगमनका लागि बजारमा खटाउन मन्त्रालयलाई कर्मचारी माग गरेको उनले बताए । हला विभागसँग भएको जनशक्तिले हरेक दिन २ टोली बजार अनुगमनमा गइरहेको उनले जानकारी दिए । पछिल्लो समय चामलमा भइरहेको मूल्यवृद्धिबारे स्थानीय तहले अनुगमन बढाउन आवश्यक रहेको विभागको भनाइ छ ।
प्रवक्ता भट्टाराईले हाल भारतबाट चामल निर्यातमा प्रतिबन्ध लगाएको बहानामा व्यापारीले चामलमा मनपरी मूल्य वृद्धि गरेको गुनासो आएपछि विभाग त्यसैमा केन्द्रित रहेको उनको भनाइ छ । उनले बजार अनुगमन गर्ने क्रममा प्रतिबोरा चामलमा व्यापारीले १ सय ५० रुपैयाँ देखि २ सय रुपैयाँसम्म मूल्य लिएको पाइएको बताए । भारतमा धानको मूल्य बढेको भन्दै व्यापारीले हाल बजारमा बिक्री हुने सबै चामलमा मूल्यवृद्धि गरेको अनुगमनका क्रममा पाइएको उनले जानकारी दिए ।