सुदूरपश्चिम जिल्लाहरूमा पनि स्वास्थ्य बिमाको तयारी

सुदूरपश्चिम जिल्लाहरूमध्ये बाजुरा जिल्लामा पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु हुने भएको छ । चालू आर्थिक वर्षमा सरकारले थप १४ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने लिएको लक्ष्य अनुसार बाजुरमा पनि बिमा कार्यक्रम सुरु गर्ने तयारी गरेको हो ।
सामाजिक स्वास्थय सुरक्षा विकास समितिका अनुसार बाजुरमा आगामी जेठ १ गतेदेखि बिमा कार्यक्रम सुरु हुनेछ । कार्यक्रम सञ्चालनका लागि समितिले जिल्लामा आन्तरिक तयारी सुरु गरिसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुरा सामाजिक स्वस्थ्य सुरक्षा बिमा वार्डका सीअहेव भरत बोहराका अनुसार आउँदो जेठ १ गतेबाट कार्यक्रम सुरु हुनेछ । “जेठ १ गते बाट दर्ता कार्य सुरु हुनेछ । समितिले नियुक्त गरेका दर्ता सहयोगी घर–घरमा पुगेर नाम दर्ता गराउने छन् । मानिसलाई बिमा गर्न प्रेरित गर्नेछन्,” उनले भने ।
यस योजनाअनुसार ५ जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार २५ सय भुक्तानी गर्नुपर्ने छ । जसबापत सो परिवारले वार्षिक ५० हजारसम्मको स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । यसैगरी ५ जनाभन्दा बढी भए प्रतिसदस्य ४ सय २५ का दरले थप रकम तिर्नुपर्नेछ । यो कार्यक्रमअन्तर्गत बहिरंग सेवा, एक्सरे, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, आँखा सेवा, मधुमेह, प्रजनन् स्वस्थ्य लगायतका सेवा प्राप्त गर्न सकिने छ ।
चालू आवका लागि सरकारले पूर्वदेखि सुदूरपश्चिमका जिल्लाहरू छनोट गरेको छ । जसमा बझाङ, बाजुरा, हुम्ला, मुगु, डोल्पा, कालीकोट, रुकम, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रामेछाप, सिराहा, खोटाङ र भोजुपर परेका छन् । यी जिल्लाहरूमा चालू आवमा नै कार्यक्रम सञ्चालन गर्ने तयारी भएको समितिले बताएको छ ।