बैंक वित्तीय संस्थाविरुद्ध आन्दोलन

उद्योग वाणिज्य संघ धनकुटाले उद्योगी व्यापारी तथा व्यावसायीको लागि वित्तीय संस्थाहरु र बैंकहरुलाई ऋणको ब्याज घटाउन र व्यवसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै आन्दोलनको सुरुवात गरेको छ ।
कोरोनाको महामारी लगत्तै रुस र युक्रेन युद्धले गर्दा चरम आर्थिक संटकले विश्व अर्थतन्त्र र नेपाल समेत आर्थिक मन्दीमा रहेको भन्दै यस्ले व्यापार व्यावसाययीले समेत बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा, ब्याज र किस्ता बुझाउन नसकेको उनीहरुले बताएका छन् ।
ऋणको ब्याज घटाउन, कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया तत्काल बन्द गर्ने माग गर्दे धनकुटा उद्योग वणिज्य संघले धनकुटाको हिले बजारमा रहेका वित्तीय संस्था र बैंकहरुमा गई ज्ञापन पत्र बुझाएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।
बैंकको ऋणको किस्ता बुझाउन नसक्दा बैंकको दबाब सहन नसकेका कारण व्यावसायी तनावमा परेको र कतिपय व्यावसायीले आत्मा हत्या समेत गरेकाले व्यवसयीहरुको लागि बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध आन्दोलन गर्न बाध्य भएको अध्यक्ष राईको भनाइ छ । आन्दोलनको क्रममा माग पुरा नभए अब बैंक तथा वित्तीय संस्थाका कार्यालयहरुमा धर्ना जुलुस र तालाबन्दी समेत गर्ने संघले जनाएको छ ।