Logo

विद्युतीय सामानको एमआरपी भन्सारमै

सवारीसाधन, टिभी, क्यामेरालगायतका १२ वस्तु आयात गर्दा भन्सार बिन्दुमै अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्नुपर्ने भएको छ । भन्सार विभागले साउन १२ गते सूचना प्रकाशित गर्दै यी वस्तुको आयात गर्दा भन्सार बिन्दुमै एमआरपी अनिवार्य गरेको हो । पैठारीकर्ताले नेपालमा बिक्री गर्नुपर्ने वस्तुको अधिकतम मुल्य पैठारीकै अवस्थामा सम्बन्धित भन्सार कार्यालयमा अनिवार्य रूपमा तोक्नुपर्ने भएको हो ।
आर्थिक ऐन २०६८ को अनुसूची १ को दफा १९ को उपदफा १६ र २०६८-०७ र २० गतेको अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार आयातकर्ताले भन्सार बिन्दुमा एमआरपी तोक्ने पर्ने वस्तुहरूको सूची तयार पारेको थियो ।
विभागले अहिले आएर उक्त निर्णय कार्यान्वयन गर्न लागेको हो ।
विभागका अनुसार सबै प्रकारका टेलिभिजन, घरसायी एयर कन्डिसनर, घरयासी रेफ्रिजेरेटर, घरयासी वासिङमेसिन, माइक्रोवेभ, सबै प्रकारका इनर्जी ड्रिङ्स, मार्वल, ग्रेनाइट र टायल्सहरूहरूमा भन्सारमै एमआरपी अनिवार्य गरिएको छ । यस्तै कुकिङ रेञ्ज, भान्सामा प्रयोग हुने चिम्नी, डिजिटल क्यामेराहरू, भिडियो क्यामेराहरू र सवारी साधनहरूको आयात गर्दा जुन भन्सारबाट आयात गरिएको हो त्यही भन्सार बिन्दुमै अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्