‘ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या’
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सरकारले ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताएका छन् । आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले विद्युत प्रशारण र वितरण लाइन निर्माणमा राज्यका अन्य कुनैपनि निकायले सहयोग नगरेको भन्दै ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताएका हुन् ।
उनले बिजुली निर्यात गर्न, आन्तरिक उपभोग बढाउन वा बिजुलीबाट आर्थिक लाभ लिन प्रशारण र वितरण लाइनमा सुधार गर्न आवश्यक रहेको बताए । उनले प्रशारण र वितरण लाइन निर्माण कार्यलाई सुधार गर्न नसके ऊर्जा क्षेत्रमा लगानी भएको अर्बौं रुपैयाँ जोखिममा पर्ने सम्भावना रहेको बताए । उनले प्रशारण र वितरण लाइन निर्माणमा गर्दा जग्गा प्राप्ति, रुख कटान लगायत समस्याका कारण प्रशारण लाइन निर्माण हुन नसक्दा बिजुली वितरणमा समस्या देखिएको दाबी गरे ।
उनले विद्युतसमा सबै निकायहरुको सहयोग नभए देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठूलो चुनौती रहेको बताए । घिसिङले ट्रान्समिसन लाइन नबने अर्को वर्ष विद्युत व्यवस्थापन गर्नसक्ने सम्भावना नभएको बताए । उनले हेटौँडादेखि न्युबुटवलसम्मको एमसीसीले बनाउने ४०० केभि लाइन ढिलो भयो भने धेरै विद्युत खेरा जाने बताए । उनले ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक रहेको बताए ।
उनले अहिले उत्पादित विद्युत खपत गर्न र बाँकी रहेको विद्युत निर्यात गर्नको लागि संरचनामा लगानी गर्न नसके अर्को विस्फोट (डिजास्टर) हुने बताए । उनले ५ वर्षभित्र शुरु गरेका आयोजनाहरुको निर्माणमा ४ देखि ५ खर्ब रुपैयाँ आवश्यक पर्ने बताए । उनले पूर्वपश्चिम ट्रान्समिसन, क्रसबोर्डर लाइन र आन्तरिक सवस्टेसनहरु बनाएर काठमाडौंको विद्युत सप्लाई सहज बनाउनको लागि करिब ५० देखि ६० अर्ब रुपैयाँ आवश्यक पर्ने बताए ।
उनले विद्युत विस्तारका लागिसमग्र मुलुक भरमा करिव ८ खर्बको लगानी आवश्यकता पर्ने देखिएको बताए । उनले प्राधिकरण नाफामा गएर करिव १ खर्ब रुपैयाँ लगानी नगरको भए अहिले मुलुकमा १६ घण्टा लोडसेडिङ कायम रहने अवस्था रहेको बताए । उनले प्राधिकरण पछिल्लो ६ वर्षमा १ खर्ब रुपैयाँ लगानी गरेकाले लोडसेडिङ अन्त्य भएको दाबी गरे । उनले लोडसेडिङ विद्युत सप्लाई गरेर मात्रै पनि समाप्त नहुने भन्दै लोडसेडिङ समाप्त गर्नलाई उपभोक्तासम्म जाने सबै बाटो खुला गर्न आवश्यक रहेको बताए ।
उनले नेपालमा ट्रान्समिसन र सवस्टेसन लाइन बनाउन महँगो भएको भन्दै ४०० केभीको ट्रान्समिसन लाइन बनाउन करिव ४ अर्ब रुपैयाँ लाग्ने अवस्था रहेको बताए । उनले प्राधिकरणले सबै जनतालाई विद्युतको पहँुच पुर्याउने भनेर अहिले ९५ प्रतिशत पुगेको भन्दै अब बाँकी ५ प्रतिशतलाई पनि विद्युतको पहुँचमा पुर्याउन लागि रहेको बताए । उनले उर्जा क्षेत्रमा सबैले लगानीको वातावरण बनाइदिन सनसके अब आउने विद्युतलाई राम्रोसँग खपत गर्नसक्ने स्थिति नहुने बताए ।
उनले विद्युत प्राधिकरणले नाफा कमायो भन्दै प्राधिकरणलाई बजेट चाहिँदैन भन्न नमिल्ने बताए । उनले पाँच वर्षभित्र करिव २ खर्बको विद्युत निर्यात गर्ने उद्देश्यले लगानी भइरहेको बताए । उनले लोडसेडिङ हट्दैमा विद्युतमा लगानी गर्नु पदैन भन्ने कुरा सरकारले गर्न नहुने बताए । उनले लगानी गर्ने क्षेत्रले विद्युतलाई बेवास्था हुने हो भने अर्को समस्या आउने बताए । उनले देशभित्र लोडसेडिङ गराएर भारतमा बिजुली नबेचेको बताए । उनले नेपालमा विद्युत कटौती गरेर भारत पठाएको भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी सत्य नभएको बताए ।
उनले प्राधिकरणले प्रयोग गरिरहेको सिस्टममा आएको समस्याका कारण केही समय अघि नेपालले गडबडी झेल्नुपरेको बताए । उनले पिक समयमाभन्दा अन्य समयमा उत्पादिन विद्युत बिक्री नगरेमा घाटा हुने बताए । उनले विद्युत क्षेत्रमा लगानीका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आग्रह गरे । उनले बिजुली बिक्री गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ती नदिन पनि आग्रह गरे ।