नबिल फाउन्डेसनद्वारा नुवाकोटका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण «

नबिल फाउन्डेसनद्वारा नुवाकोटका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण

नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउन्डेसनले शिवपुरी गाउँपालिका–२, नुवाकोटस्थित ५ वटा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । हालै नुवाकोटमा आयोजित एक कार्यक्रममा नबिल फाउन्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा नबिल बैंकका कर्मचारीले करिब ३ सय ८० बालबालिकालाई स्कुल ब्याग, कापी, कलम, सिसाकलम आदि शैक्षिक सामग्रीहरू वितरण गरेका थिए ।
सो कार्यक्रम मानव धर्म सेवा समिति युवा संगठनको पहल तथा सक्रिय सहभागितामा शिवपुरी गाउँपालिका–२ का वडा अध्यक्ष रुद्र गुरुङको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । नुवाकोटस्थित बोर्लाङ भुमे निम्न माध्यमिक विद्यालय, शान्ति बुद्घ आधारभूत प्राथमिक विद्यालय, शिवपुरी महादेव आधारभूत विद्यालय, नवदीप ज्योति आधारभूत विद्यालय र चापाबोटे आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूको शैक्षिक विकासमा योगदान पुराएकोमा ती सबै विद्यालयहरूका प्राचार्यहरूले नबिल फाउन्डेसनलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्