सहकारीका नेतृत्वलाई वित्तीय जानकारी

सहकारी संस्थाका नेतृत्वलाई वित्तीय साक्षरता प्रदान गर्न थालिएको छ । घोराही उप महानगरपालिकामा रहेका सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिन थालिएको हो ।
तालिम सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजना तथा घोराही उप महानगरपालिकाको समन्वयमा सुरु भएको हो । सहकारी संस्थाका प्रतिनिधिहरुलाई वित्तीय साक्षरताको आधारभूत विषयवस्तुको ज्ञान तथा सीप प्रदान गर्न, वित्तीय साक्षरता सम्बन्धी ज्ञान सीपलाई समुदाय स्तरमा विस्तार गर्न आवश्यक योजना तयार गर्न र वित्तीय पहुँचबाट टाढा रहेकालाई पहुँच वृद्धि गर्न तालिमको आयोजना गरिएको बताइएको छ ।
तालिमको उद्घाटन गर्दै घोराही उप महानगरपालिकाका उप प्रमुख हुमाकुमारी डिसीले सहकारी संस्थाहरु परदर्शी रुपमा सञ्चालन हुनु पर्ने बताइन् । सञ्चालक समितिले आफ्नो इच्छा अनुसार सञ्चालन गर्दा सहकारी समस्या हुने गरेको उनको भनाइ थियो । सहकारीको सदस्यता दिँदा मापदण्ड बनाएर सदस्यता दिनु पर्ने उनले बताइन् । सहकारीले आफ्ना सदस्यलाई उद्यमशिलतामा जोड्न भूमिका खेल्नुपर्ने भन्दै उनले उत्पादन क्षेत्रमा सहकारीले लगानी गर्न सुझाव दिइन् ।