जर्ज बुसको कानेखुसीले छुट्यो बाराक ओबामाको हासो «

जर्ज बुसको कानेखुसीले छुट्यो बाराक ओबामाको हासो

हर्भी, इर्मा र मारिया आधिबाट पिडितको उद्धारका लागि पैसा उठाउन जम्मा भएका सबै जिवित पाँच पूर्व राष्ट्रपतिहरुको भेलामा बिल क्लिनटनले भाषण दिइरहेको समयमा जर्ज डब्लू बुसले बाराक ओबामाको कानमा कानेखुसी गरेपछि ओबामाले आफ्नो हासो रोक्न सकेनन् ।

आफ्नो कार्यकालमा ओबामाले शान्त रहने र आफूमाथि नियन्त्रण कायम गर्न सक्ने उपमा पाएका थिए । तर ‘वन अमेरिका अपिल’ ले अयोजना गरेको राहत कार्यक्रममा पूर्व राष्ट्रपतिले आफ्नो त्यो धैर्यता गुमाएका छन् ।

बिल क्लिनटनले पोर्टोरिकोको प्रक्रोपको विषयमा छलफल भइरहेको अवस्थामा भाषण दिएका थिए । यो समयमा बुस हासे र ओबामाको कानमा गएर कानेखुसी गरे । यसले ओबामाको हासोनै छुट्यो । तर उने के कानेखुसी गरे भन्ने विषयमा भने कही पनि खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्