Logo

‘कर्जाको ब्याजदर दुई अंकमा राख्नु उचित’

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले कर्जाको ब्याजदर दुई अंकको सबैभन्दा तल्लो विन्दुमा राख्नुपर्ने बताएका छन् । निक्षेपमा ब्याजदर करेक्सन गरिएमात्रै कर्जाको ब्याजदर घट्ने उनको भनाइ छ ।

बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रमकम पूर्व अर्थमन्त्री डा. खतिवडाले भने, “माथिल्लो एक अंकमा निक्षेपको ब्याजदर र दुई अंकको सबैभन्दा तल्लो बिन्दुमा कर्जाको ब्याजदर राख्दा सन्तुलन हुन्छ ।”

उनले चालु पुँजी कर्जामा राष्ट्र बैंकले एकैपटक कस्नुभन्दा पनि विस्तारै मिलाउँदै जानुपर्नेमा जोड दिए । उनले भने, “लगानी स्थिर पूँजीमा गर्नु भएको छ, व्यवसायी साथीहरूले पनि मनन गर्नुस्, एकै पटक कस्नुभन्दा विस्तारै मिलाउँदै जानु नै वुद्धिमता हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्