Logo

उद्योगी-व्यवसायी विभाजित

राष्ट्र बैंकले चालू पुँजी कर्जाको मार्गदर्शन संशोधनमा बीचको बाटो अपनाएपछि उद्योगी व्यवसायी विभाजित बनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संस्थामा आवद्ध अधिकांश पदाधिकारीहरु अहिलेको अवस्थामा कर्जा तिर्न केही समय पाएको भन्दै सकारात्मक देखिएका छन् ।

अरु धेरै उद्योगी–व्यवसायी भने राष्ट्र बैंकले निजी क्षेत्रको माग पूरा नगरेको भन्दै आक्रोशित बनेका छन् । व्यवसायीहरुबीचको मतभिन्नताकै कारण राष्ट्र बैंकको पछिल्लो संशोधनबारे निजी क्षेत्रका संस्थाहरुले बुधबार विज्ञप्ति जारी गर्न सकेका छैनन् । “यसबारेमा व्यवसायी साथीहरुको एक मत हुन सकेको छैन । छलफलपछि मात्र राष्ट्र बैंकको कार्यलाई समर्थन गर्ने वा विरोध गर्ने निर्णय गरिनेछ,” महासंघका एक पदाधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्