महोत्सवमा बैंक तथा वित्तीय संस्थाको सहयोग

धनकुटामा ६ गतेदेखि १६ माघसम्म सञ्चालन हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनीमा बैंक तथा वित्तीय संस्थाहरुले सहयोग गर्ने भएका छन् ।
‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योग र व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा हुने महोत्सवको तयारी स्वरुप बैंक तथा वित्तीय संस्थासँगको छलफल कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको उद्योग वाणिज्य संघले जनाएको छ ।
११ दिन चल्ने महोत्सवमा १५० वटा स्टल रहने छन् भने १ सय ३५ वटा स्टलमा प्रदेश न १ का विभिन्न जिल्लामा उत्पादित वस्तुको प्रदर्शनी र १५ वटा स्टलमा स्थानीय तथा जातीय खानाका परिकार रहने जनाइएको छ । महोत्सवमा १ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने र महोत्सव सम्पन्न गर्नका लागि करिब ७७ लाखलागत लाग्ने र ५ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजक संस्थाको भनाइ रहेको छ ।