Logo

‘राष्ट्र बैंकको नीतिले धेरै नेपालीको पैसा बच्यो’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिट्क्वाइन तथा क्रिप्टोकरेन्सी लगायतको कारोबारमा नेपालले कडा नीति लिएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राष्ट्र बैंकको नीतिकै कारण यसमार्फत खेर जाने नेपालीहरूको ठूलो रकम बचेको धारणा राखेका छन् ।

“एक समय बिट्क्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य धेरै बढ्यो, धेरैले लगानी गर्ने रुची राखे । नेपालमा पनि कानुनी मान्यता दिनुपर्छ भनेर आवाज उठाए,” उनले भने, “तर हामीले गैरकानुनी क्षेत्रमा लगानी गर्नु हुँदैन भनेर सर्वसाधारणलाई पटक पटक सजग गरायौं । अहिले यसको मूल्य धेरै घटेको छ, त्यतिखेर लगानी गरेको भए धेरै नेपालीको लगानी डुब्थ्यो ।”

कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी बनाउनेतर्फ तयारी गरिरहेको बताए । “अब डिजिटल करेन्सीको विकल्प छैन,” उनले भने, “भारतले राम्रो काम गरिरहेको छ, बंगलादेशले पनि सफलता पाइसकेको छ । अब हामीले पनि यस विषयमा सोच्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्