Logo

कालीकोट जिप दुर्घटनामा तीनको मृत्यु

b’3{6gfu|:t hLk dfGd, @@ sflQsM sfnLsf]6sf] ltnfu’kmf gu/kflnsf–% vNnfuf8df b’3{6gf ePsf] d’u’af6 ;’v]{ttkm{ cfpFb} u/]sf] e] ! h $$!@ hLk . hLkdf ;jf/ !) hgfdWo] $ hgf 3fOt] ePsf 5g . tl:a/M lddaxfb’/ /fjn÷/f;;

मुगुबाट सुर्खेत आउँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जिप दुर्घटना भएको हो ।
मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जिप मंगलबार दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए ।
उनका अनुसार जीपमा १० जना सवार थिए । एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्