गुराँस लाइफ इन्स्योरेन्सको बोनश सेयर प्रस्ताव

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सेयर धनीहरुको भौतिक तथा जुममार्फत सभा सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ ।
सभाले आर्थिक् वर्ष २०७७/०७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफसहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि सञ्चालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।
सभाले कम्पनीको सम्पति दायित्व मूल्याकंन गर्नका लागि मूल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति, उनीहरुको पारीश्रमिक निर्धाण, एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मूल्याकंनकर्ता नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.४४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव लगायतका विविध प्रस्ताव अनुमोदन गरेको कम्पनीले जनाएको छ ।