Logo

पर्सामा पाटे बाघ मृत भेटियो

पर्सामा एउटा पाटे बाघ मृत भेटिएको छ । पटेर्वासुगौली गाउँपालिका–२ बगडाडोब स्थित भलुवाही खोलानजिकै पाटे बाघ आईतबार मृत फेला परेको हो । मृत बाघको शरीरको लम्बाइ ९ फिट ४ इन्च रहेको छ । मृत बाघको अगाडीको दुईवटा खुट्टा काटेर लगिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ । तीनचार दिनअघि नै मरेको बाघको मृत शरीर सड्न थालेको र दुर्गन्ध आउन थालेको थियो । चितवन राष्ट्रिय निकुञ्जबाट आएका प्राविधिक विज्ञहरूको टोलीले मृत बाघको पोष्ट मार्टम गरेपछि खाल्डो खनेर पुरिएको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुवासचन्द्र दासले बताए ।

प्रतिक्रिया दिनुहोस्