कसरी शरीरमा क्यान्सर लाग्छ ?

क्यान्सर नसर्ने रोग हो । क्यान्सरलाई घातक रोग भनेर चिनिन्छ । यो रोग सबै उमेर समूहकालाई लाग्न सक्छ । शरीरको जुनसुकै अंगमा प्रभावित पार्छ । क्यान्सरलाई नेपालीमा अर्बुद रोग भनिन्छ । हाम्रो शरीरमा हजारौँ स–साना कोषिका मिलेर बनेको हुन्छ । सामान्यतया कोषहरू बढ्ने र उमेर पुग्दै गएपछि झर्ने गर्छ । शरीरमा हजारौंको संख्यामा खराब कोशिका हुन्छन् । प्रत्येक सेकेन्डमा नयाँ कोशिका पैदा हुन्छ र पुरानो खराब कोशिका नष्ट हुन्छन् । तर, क्यान्सर भएमा रातो तथा सेतो रक्तकोषिका सन्तुलन बिग्रन थाल्छ । र, कोषिकाको विकास अनियन्त्रित रूपमा भएर क्यान्सरको रूपमा परिणत हुन्छ । कोषिकामा कुनै कारणवश खराबी उत्पन्न भयो भने त्यसले अनियन्त्रित गाँठागुठी निस्कने गर्छ । त्यस्तो डल्लोलाई ट्युमर भनिन्छ । क्यान्सरको सबैभन्दा खतरनाक पक्ष यो एकै ठाउँमा सीमित नभई शरीरका विभिन्न भागमा फैलने गर्छ । हाम्रो शरीर २ सयभन्दा बढी विभिन्न प्रकारका खर्बौ स–साना कोष र कोषिकाहरू मिलेर बनेको हुन्छ । यसमा कोषिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि या सामान्यभन्दा धेरै फैलिन्छ र अरू स्वस्थ कोशिकाहरूलाई पनि क्षति पुर्याउँछ ।
जीवनको सबैभन्दा ठूलो सत्य हो— मृत्यु । तर, हामी जिन्दगीलाई अमरजस्तै मानेर क्षणिक रमाइलोमा आफैंलाई बिर्सन्छौं । त्यसैले सानो लापरबाहीले गर्दा मृत्युसँग सम्झौता गर्न पुग्छौं । त्यही लापरबाहीका कारण क्यान्सरजस्तो खतरनाक रोगले जन्म लिन्छ । क्यान्सरबाट बर्सेनि विश्वमा करिब ८० लाख जनाको मृत्यु हुने गरेको विभिन्न तथ्यांकले बताएका छन् । त्यसैले सबैले क्यान्सरसम्बन्धी जान्न अत्यन्त आवश्यक छ । प्राकृतिक नियमअनुसार शरीरमा अर्बौं संख्यामा कोषिकाहरू बन्ने र बिग्रने क्रम चलिरहेको हुन्छ । यसै क्रममा विभिन्न प्रकारका वातावरणीय विकारको असरले प्राकृतिक नियम तोडिन पुग्छ । सामान्य भाषामा भन्दा कोषिकाहरू नियन्त्रणबाहिर पुगेर बढ्न थालेको अवस्थालाई क्यान्सर भन्न सकिन्छ । क्यान्सरले गर्दा अर्कै प्रकारका कोषिकाहरू बन्ने क्रम सुरु हुन्छ । क्यान्सर लागेपछि कोषिका बढाउने तŒवले कुनै नियम मान्दैन र आफ्नै सुरले बढ्दै जान्छ । तर, मानव शरीरबाट आफूलाई चाहिने आवश्यक तŒवहरू भने खपत गर्दै जान्छ । अहिले विश्वमा फोक्सो, स्तन, पाठेघर, आमाशय र मुखको क्यान्सर हुने धेरै छन् ।
क्यान्सर आफैंमा भनायक रोग हो । तर, यो रोग लाग्दैमा आत्तिहाल्नु भने पर्दैन । बेलैमा उपचार गरेमा निको हुन्छ । त्यसका लागि नियमित रूपमा जाँच गर्नु र डाक्टरको परामर्श लिनुपर्छ । सुरुवातको चरणमै उपचार गरेमा क्यान्सर पूर्णत: निको हुन्छ । खासमा समस्या भएको के हो भने अझै पनि ९० प्रतिशत क्यान्सर रोगी अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गर्छन् । अव्यवस्थित जीवनशैली, चर्को प्रदूषण र तनावका कारणले क्यान्सर लाग्ने गर्छ । क्यान्सर हुने खास कारण पत्ता लागेको छैन । तैपनि ५० प्रतिशत जति क्यान्सर खानाको कारणले लाग्ने गर्छ । यीमध्ये धेरैजसो क्यान्सर बोसोयुक्त मासु, पोलेको मासु आदि खाएर मोटाएर तथा धूमपान, मदिरा सेवन आदिको कारणले लाग्ने गर्छ । चुरोटले मात्र पनि करिब ३५ प्रतिशत क्यान्सर हुने जोखिम हुन्छ । अन्य कारणमा एचआईभी/एड्स, हेपाटाइटिस बी, एचपिभी भाइरस, एच पाइलोरी आदि रहेका छन् ।
विकिरण उत्पन्न हुने क्षेत्रमा काम गर्ने, रंग्याउने रसायन, एसबेस्टस तथा प्रदूषित वातावरण पनि क्यान्सरको प्रमुख कारक तŒव मानिन्छ । जाँडरक्सीको अध्यधिक सेवनले क्यान्सर निम्त्याउँछ । चुरोट, खैनीलगायतका सुर्तीजन्य पदार्थहरू धेरै सेवन गर्नाले फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ । बासी, सडेगलेका, जङ्क फुडहरू खाँदा स्वास्थ्यलाई हानि गर्छ, जसले गर्दा आन्द्रा, कलेजोलगायतका भागलाई असर गर्छ । वातावरण प्रदूषणलाई पनि क्यान्सरको एक मूल कारण मान्न सकिन्छ । धूवा, धूलोले गर्दा नाक तथा घाँटीको क्यान्सर हुन सक्छ । क्यान्सरका लक्षणहरू घाँटी तथा अन्य अंगमा गाँठागुँठी देखिनु, अचानक तौल घट्नु, दिसापिसाबमा रगत देखिनु, बिना काम पनि थकान महसुस हुनु, बेस्सरी ज्वरो आउनु र निको नहुनु, मुख र जिब्रोमा घाउ आउनु, शरीरमा रगतको कमी हुनु, लगातार खोकी लाग्नु र औषधि खाँदा पनि निको नहुनु, महिनावारी हुँदा अधिक रक्तस्राब हुनु, दिसापिसाबको रंग बदलिनु आदि हुन् ।