दसैं लक्षित सहुलिय पसलले विपन्नलाई राहत

दसैं र तिहारलाई लक्षित गरी जुम्लामा सञ्चालित सहुलिय पसलले जुम्ली विपन्न नागरिकलाई राहत भएको छ । बजारमा महंगी बढ्दै गएको र खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले विगतमा दिँदै आएको मूल्य भन्दा प्रतिकेजी ७ रुपैयाँ छुट दिँदा जुम्ली विपन्न नागरिकले राहत पाएका हुन् ।
पातारासीकी विष्णुमाया एैडीले बजारमा महंगी बढीरहेको खाद्यमा सस्तोमै दाल चामल पाउँदा राहत मिलेको बताइन् । विष्णुमाया जस्तै जुम्लाका सयौ विपन्न नागरिकले सहुलिय पसलबाट राहत मिलेको बताएका छन् ।
सहुलिय पसलबाट जुम्लाका ४ सय जना नागरिकले चामल लिएका छन् । खाद्यन्नमा छुट पाएपछि एकै दिन आइतबार ४ सयजनाले चामल लिएका हुन् । जुम्लामा १ असोजबाट सहुलिय पसल सञ्चालन भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्ला शाखाका प्रमुख निर्मल बिष्टले सहुलिय पसलले विपन्न नागरिकलाई थोरै भएपनि राहत पुगेको बताए । उनले आइतबार एकैदिन चार सय जनाले झण्डै १ सय ५० क्वीईन्टल चामल लिएको बताए । प्रमुख विष्टका अनुसार सहुलिय पसल सञ्चालनका लागि १ हजार २ सय क्वीन्टल स्वीकृत भएको छ । १५ कात्तिकसम्म सहुलिय पसल सञ्चालन हुने छ ।
दसैं तिहारमा खाद्यन्न अभाव नहुने
दसैंमा जुम्लामा खाद्यन्न अभाव नहुने भएको छ । चालु आर्थिक वर्षमा जुम्लाका लागि ६ हजार क्वीन्टल स्वीकृत भएको छ । जसमा हालसम्म १ हजार २० क्वीन्टल ढुवानी भइसकेको छ ।
दसैं तिहारका लागि मात्रै ९ सय ७० क्वीइन्टल खाद्यन्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिए । उनले भने, “दसैं तिहारमा चालम अभाव हुन्न । कारागारदेखि आम नागरिकलाई पुग्नेगरी मौज्दात गरेका छौं । घरमा स्टकका लागि लिनेलाई भने कडाई गर्दैछौं । चालु आवको हालसम्म ४ सय क्वीन्टल चामल बिक्री भइसकेको छ ।”
जुम्लाकोट डिपोका लागि १ हजार क्वीन्टल स्वीकृत भइसकेको छ । धापा डिपोकालागि भने कसैको टेण्डर परेको छैन । जुम्ला शाखाले चामल ढुवानीका लागि पुन: टेण्डर आह्वान गर्ने तयारी छ । साथै कारागारका लागि १ सय ७० क्वीइन्टल चामल छुट्टै मौज्दात गरिएको छ ।
उता डोल्पा काइगाउँ डिपोका लागि ५ सय क्वीन्टल र सर्मी डिपोका लागि ७ सय ५० क्वीन्टल स्वीकृत भई ढुवानी प्रक्रियामा रहेको छ । ढिलोमा तिहारसम्म डोल्पामा चामल पुर्याउने लक्ष्य राखिएको छ ।