एसएस फाउन्डेसनद्वारा विद्यार्थीहरूलाई झोला हस्तान्तरण «

एसएस फाउन्डेसनद्वारा विद्यार्थीहरूलाई झोला हस्तान्तरण

सुवर्णशमशेर जबरा (एसएस) फाउन्डेसनले दोलखाका तीनवटा विद्यालयलाई झोला वितरण गरेको छ ।
शनिबार फाउन्डेसनले काठमाडौंमा एक कार्यक्रम गरी त्रिपुरासुन्दरी आधारभूत विद्यालय, दोलखा, ताम्रापालिका आधारभूत विद्यालय, दोलखा र तिखातल प्राथमिक विद्यालय, दोलखा विद्यालयका सम्बन्धित व्यक्तिहरूलाई झोला हस्तान्तरण गरेको हो । फाउन्डेसनले विभिन्न समयमा विद्यार्थीहरूका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गर्दै आइरहेको छ ।
हस्तान्तरण कार्यक्रमपछि बोल्दै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले फाउन्डेसनको उद्देश्य असहाय विद्यार्थीहरू पढाइबाट वञ्चित नहोउन् भन्ने रहेको बताए । उनले शैक्षिक सामग्रीहरूका साथै दैविक प्रकोपको बेलामा फाउण्डेशनले दैविक प्रकोप उद्धारका सामानहरू वितरण गरिरहेको बताए । उनले संस्थाले विद्यार्थीहरूको शैक्षिक भविष्यलाई ठूलो सहयोग पुर्‍याइरहेको बताए ।
विद्यालयका प्रतिनिधिहरूले फाउन्डेसनले विद्यार्थीहरूको खुसीका लागि गरेको सामाजिक कार्यलाई सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्