तरकारीमा आत्मनिर्भर बन्दै तेह्रथुम

तेह्रथुम जिल्लामा ३ हजार २९ हेक्टरमा तरकारी उत्पादन हुँदै आएको छ । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि तेह«थुमका कृषकहरुले तरकारी खेती विस्तार गर्दै आएका छन् । जिल्लाको ६ वटै स्थानीय तहमा उत्पादन हुँदै आएको छ ।
जिल्लाको छथर गाउँपालिकामा अकबरे र तरकारी ब्लग २ वटा, लालिगुराँस नगरपालिकामा तरकारी ब्लग १ वटा, म्याङलुङ नगरपालिकामा आलुबाली ब्लग १, मेन्छ्यायेम गाउँपालिकामा तरकारी ब्लग १ गटा गरी जम्मा ५ वटा जिल्लमा तरकारी ब्लगहरु सञ्चालनमा रहेको ज्ञान केन्द्रका प्राविधिक सहायक विशाल राईले जानकारी दिए ।
जिल्लाबाट बन्दा, काउली, अकबरे, स्कुस र गोलभेंडालगायत बढी निर्यात हुने गरेको छ । जिल्लाको ६ स्थानीय तहमध्ये छथर गाउँपालिका, लालिगुराँस नगरपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा उत्पादन भएको तकारी मात्रै निर्यात हुँदै आएको छ । म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकामा उत्पादन भएको तरकारी गाउँमै खपत हुने गरेको छ ।
जिल्लाको गाउँ गाउँमा स्थापना गरिएका कृषक समुह, कृषि सहकारी, तथा व्यक्तिगत फर्महरु मार्फत तरकारी निर्यात गर्दै आएको कृषकहरु बताउँछन् । अन्नबाली भन्दा राम्रो आम्दानी भएकाले जिल्लाको सबै गाउँमा तरकारी उत्पादनमा कृषकहरु आकर्षित हुँदै आएका छन् । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै जिल्लामा वर्षेनि करोडौ रुपैयाँ भित्र्याउँदै आएका छन् । रासायनिक मलको प्रयोग गर्दै आएका किसानहरु पछिल्लो समय अर्गानिक रुपमा खेतीलाई विस्तार गर्दै आएको छथर १ का दलुमु शेर्पाले बताए ।
तरकारीबालीमा पनी तेह«थुममा भने आलु अधिक मात्रामा उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार आर्थिक वर्ष २०७७/०७८ मात्रै ३५ हजार ७ सय ४० मेट्रीकटन उत्पादन भएको थियो । तरकारी खेतीले कृषकको जिवनस्तरमा सुधार भएसँगै आधुनिक प्रविधिको प्रयोग गरी उत्पादनलाई जोड दिन थालेका छन् । बेमौसमी तरकारी उत्पादनका लागि प्लाष्टिक घर निर्माण्न गरी उनीहरुले विभिन्न प्रजातीका तरकारी खेती गर्दै आएका छन् ।
यहाँका किसानले ५० हजारदेखि ५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी लिँदै आएको कृषक रामबहादुर लिम्बुको भनाइ छ । कृषकलाई अझ व्यावसायीक बनाउन स्थानीय सरकारको सहयोगमा कृषि शाखाहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएका छन् । गाउँ गाउँमा सडक सञ्जाहरु जोडिएसँगै कृषकले उत्पादन गरेको तरकारी निर्यातमा सहज भएको छ ।