Logo

बिमा समिति कर्णाली प्रदेश कार्यालय उद्घाटन

अर्थमन्त्री जनार्दन शर्माले बिमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन गरेका छन् ।
बिमा समितिले एक कार्यक्रमका बीचमा पहिलो प्रादेशिक कार्यालयको शुभारम्भ गरेको हो । समितिले गत असार एक गतेदेखि नै उपनिर्देशक पदम सोडारीको नेतृत्वमा कार्यालय सञ्चालनमा ल्याएको थियो । तर औपचारिक रुपमा भने बिहीबार उद्घाटन गरेको छ ।
कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशलाल कर्ण नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीलगायतको उपस्थिति थियो । समितिले एकै पटक तीन वटा प्रादेशिक कार्यालयको स्थापना गरेको छ । जसमध्ये औपचारिक रुपमा पहिलो उद्घाटन गर्न कर्णाली प्रदेश कार्यालय भएको जनाइएको छ ।
प्रादेशिक कार्यालयले कर्णाली प्रदेशभरिका अभिकर्तालाई लाइसेन्स दिने तथा तालिम दिनेछ । त्यस्तै सर्भेयरको लाइसेन्स नविकरण पनि गर्न पाउनेछ । बीमितले प्रादेशिक कार्यालयमा आफ्ना गुनासो राख्न पाउनेछन् । उनीहरुको गुनासोलाई प्रादेशिक कार्यालयले नै सहजिकरण गर्न पाउनेछ ।
समितिको प्रादेशिक कार्यालयले यस क्षेत्रभित्र रहेका बिमा कम्पनीका शाखा कार्यालयको नियमन र सुपरीवेक्षण गर्नुका साथै कम्पनीहरुले के के गरिरहेका छन् भन्ने प्रत्यक्ष सुपरीवेक्षण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्