Logo

टुबोर्ग ओपन २०२२ मा अमेरिकी कलाकार भेक सहभागी

टुबोर्ग र संगीतको गहिरो सम्बन्ध रहेको छ । टुबोर्गले सधै संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आएको दावी गरेको छ ।
यसै सम्बन्धिगत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर कैयौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसँग संलग्न भएर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
टुबोर्गले नेपालमा मात्र नभइ भारत, चीन, टर्की, सर्बियालगायतका देशमा पनि टुबोर्ग ओपेन क्याम्पेनद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सृजना गर्दै आएको छ । टुबोर्ग ओपेन अभियान टुबोर्ग उत्पादन फैलिएका विभिन्न देशमा छैटौं पटक हुँदै छ भने नेपालमा यो पाँचौ पटक हो ।
टुबोर्ग ओपेनको हरेक वर्ष एउटा मुख्य थिम हुन्छ । यो वर्षको थिम भने ‘ठेक द स्टेज’ रहेको छ । यसमा विश्व प्रख्यात कलाकारले स्वदेशी कलाकारलाई मेन्टरसीप प्रदान गरी उनीहरुलाई संगीतको मूलभाव र लोकप्रिय कलाकार बन्न मार्गदर्शन गरेको बताइएको छ ।
टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ । उनीसँगै जोडिएका छन् नेपालका उदयीमान कलाकार भेक । जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् । उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको सो गीत अमेरिका र न्यूजिल्याण्डमा नम्बर एकमा पुग्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्