आर्थर गनकोको ‘टुबोर्ग होमकमिङ टुर’ सुरू

आर्थर गनको नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरको क्लब प्लाटिनममा भरपुर दर्शकहरु माझ सुरुवात गरेका छन् ।
उक्त कार्यक्रम ‘उनले के पीर पर्यो तिमीलाई ?’ गीतबाट सुरु गरेका थिए । ‘लभ इज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरुले दर्शकको निकै ताली पायो । समग्रमा दर्शकहरुले आर्थरका नेपाली र अंग्रजी गीतहरुको मजा लिए र क्रीडेन्स् क्लियरवाटर रिभाईभलको ‘ह्याब् यु एभर सिन द रेन’ जस्ता हिटहरुको पनि आनन्द उठाए ।
क्लब प्लाटिनममा आफ्नो टुरको उद्घाटनमा दर्शकहरुको अपार माया र समर्थन पाएपछि आर्थरले पोखरा, चितवन, बुटवल, धरान र बिर्तामोड जस्ता नेपालभरि विभिन्न सहरहरुमा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।
सन् २०२० मा अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल १८औं सिजन’ को एक हिस्सा बनेपछि आर्थर गनकोको लोकप्रियता निकै बढ्यो । प्राय दर्शकहरुले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रीडेन्स् क्लियरवाटर रिभाईभल्को ह्याब् यु एभर सिन द रेन नामक गीतहरु गाएका थिए । उनको प्रस्तुतीलाई सबै ३ निर्णायकद्वारा धेरै प्रशंसा गरिएको थियो भने विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई “हि ईज द बेस्ट” भनि प्रशंसा पनि गरेकी थिइन् ।
उनी उक्त शोको १८औं सिजनको उपविजेता रहे । उनको भिन्न र अद्वितीय स्वरलाई धेरै लोकप्रिय अन्तर्राष्ट्रिय गायकहरु र कलाकारहरुले समस्त कार्यक्रम भरि प्रशंसा गरे ।