मुगु बस्दै आएकी पूर्वप्रधानमन्त्रीकी छोरी बालकोट पुगिन् «

मुगु बस्दै आएकी पूर्वप्रधानमन्त्रीकी छोरी बालकोट पुगिन्

मुगु जिल्लाको पूर्वि करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–ं ८ मा बस्दै आएकी पूर्वप्रधामन्त्री केपी शर्मा ओलिले अभिभाकत्व गरेकि छोरी ठिल्ले साङमु लामा र उनकी धर्मपत्नी राधिका शाक्यले पनि अर्की छोरी छिरिङ छेन्जोङ लामालाई ग्रहण गरेकी दुबै जना लामा बुधबार काठमाडौं बालकोट पुगेकी छन् ।
कर्णाली प्रदेशको पर्यटकीय मुटु रारामा २०७५ साल रारा पर्यटन बर्ष मा पूर्वप्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्य ले रारा तालको किनारमा पुगि लामा लाइ अभिभावकत्व ग्रहण गरेका हुन् ।
अभिभाकत्व ग्रहरणपछि लामो समयसम्म गाउँमा बस्दा दुवै लामालाई गाउँले र उनका साथीले केपीकी छोरी भन्दै जिस्काउने गरेका थिए । उनीको जन्म घरको अबस्था निकैनाजुक भएको हुँदा उनीको दैनिकी चलाउन निकै समस्या हुँदा पटक–पटक मिडियामा समाचार प्रसारण भएपछि मात्र सामान्य पढाइ खर्चलगायत गाँस कपासको त्तयाबस्था गदै आइरहेको थिए पछिल्लो समयमा दुवै जना लामालाई पालन पोषण र पढाइ सबैको जिम्मा लिर्ने गरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालकोट लिएको समाजसेवी पूर्णबहादुर रोकायाले जानकारी दिएका थिए ।
परिवारका अनुसार हाम्री छोरीलाई पूर्वप्रधामन्त्रीले आफ्नी छोरी सरी मानि ग्रहण गरेका थिए र छोरी लामालाई उनले नै सम्पूर्ण जिम्मेवारी लिए तापनि यसभन्दा हालसम्म २ पटक मात्र १०/१० हजार नगद र एक पटक लत्ताकपडा मात्र सहयोग गरेका थिए घरमा श्रीमान्को केही वर्ष पहिला मृत्यु भइसकेको थियो पालन पोषणमा निकै समस्या भएको थियो अहिले पूर्वप्रधानमन्त्रीले सबै जिम्मासहित काठमाडां ल्याएको हँुदा निकै खुसी लागेको छ । हामी त जन्माउने आमा भए पनि जीवनभरिको भविष्य बनाउने आमाबुबा छोरीले पाएको हुँदा पहिला मन्त्री भई देश चलाउने मान्छेको जिम्मा छोरी पुगेपछि निकै खुसी लागेको ठिल्ले साङमु लामाकी आमा छिचु लामाले बताइन् ।
यस्तै पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत दर्जनौंै मन्त्री नेता तथा सभासदले अभिभावकत्व गरेका बाल बालिकाहरूको अहिलेको अवस्था के कस्तो छ । भन्ने कुरा अभिभावकत्व गर्ने व्यक्तिले नै भुलिसकेको बालबालिकाहरूका अभिभावकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्